१७ करोड ६३ लाख रुपैयाँको चिनियाँ ओखर आयात

सल्यान टुडे
सल्यान २ कार्तिक

चीनबाट १७ करोड ६३ लाख रुपैयाँ मूल्य बराबरको चिनियाँ ओखर आयात भएको छ । रसुवागढी नाका हुँदै २०७४ साउनदेखि यही असोज २७ गतेसम्म १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको हो ।

रसुवागढी भन्सार कार्यालयका अनुसार यो अवधिमा ७ लाख ५० हजार ८ सय ६८ केजी ओखर आयात भएको छ । आयात भएको ओखरमध्ये ७२.५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर रहेको छ ।

यस्तै, २ लाख ६ हजार ३ सय ३२ केजी ओखर चाहिँ नछोडाएको नै आयात भएको कार्यालयले जनाएको छ । नेपालमा उत्पादन कम हुने र माग बढ्दै जाँदा आयात पनि बढ्दै गएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित