गैरकानुनी रुपमा पसल सञ्चालन

सल्यान टुडे,
सल्यान ६ कार्तिक ।

सल्यानका बजारमा कतिपय पसलहरु गैरकानुनी रुपमा सञ्चालन भएको पाइएको छ । स्थानिय तहहरुले गरेको अनुगमनको क्रममा पसल दर्ता नगरि गैरकानुनी ढंगले संचालन भएको, दर्ता नवीकरण नगरेको तथा ईजाजत नलिएर मदिरा तथा सुर्तिजन्य पदार्थ विक्रि वितरण भएको पाइएको हो । जिल्लाको कपुरकोट, सिद्धकुमाख र दार्मा गाउँपालिकाले आफ्नो पालिका भित्रका बजारहरुमा अनुगमन गरेका थिए ।


कपुरकोट गाउँपालिकाका दुई सय भन्दा बढि पसलमा गरिएको अनुगमनको क्रममा विभिन्न कमजोरिहरु देखिएको अनुगमन समितीका संयोजक अरुण दाहालले जानकारी दिनुभयो । गत आइतबार देखि मंगलबार सम्म तीन दिन लगाएर गाउँपालिका भित्रका सबै बजारको अनुगमन गरिएको थियो ।

होटलहरुमा सरसफाईको कमी देखिएको, खाना बनाउने र भाँडा माझ्ने ठाउँ नजीकै भएको, कतीपय पसल दर्ता तथा नवीकरण बिना नै संचालन भएको पाइएको अनुगमन टोलिका सदस्य कमल घर्ती मगरले जानकारी दिनुभयो । पसलको साईन बोर्ड नराखेको, मुल्यमा एकरुपता नभएको, मुल्य सुची नराखेको, मासु पसलमा सरसफाईमा कमी देखिएको उहाँको भनाई छ ।

अनुगमन टोलिले गम्भीर समस्या देखिएका पसल तथा होटललाई पत्र काटेर सात दिन भित्र गाउँपालिकामा उपस्थित निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस