बालबिबाह न्यूनिकरण गर्दै शारदा नगरपालिका, पुरोहितलाई बोलाएर प्रशिक्षण

बुद्धि पुन, सल्यान टुडे,
सल्यान २०, कार्तिक ।
सल्यानको शारदा नगरपालिकाले बालबिबाह न्यूनीकरणको अभियान सञ्चालन गरेको छ । नगर भित्रका बिद्यालयहरुमा बिभिन्न गतिबिधिहरु सञ्चालन गरेको नगरपालिकाले बालबिबाह न्यूनिकरण गर्न जिल्ला स्तरीय पुरोहित तथा ब्रामणहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

समाजमा बढ्दै गएको बालबिबाहलाई न्यूनिकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । बालबिबाह कानुनी रुपमा अपराध हो भन्ने मुल नाराका साथ सञ्चालन गरिएको एक दिने जानकारी मुलक अन्र्तक्रिया कार्यक्रममा जिल्ला भरीका पुरोहित तथा ब्रामणका साथै सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

चेतनाको अभाव, सहि सूचनाको अभाव, विद्यालय पहँुचको अभाव, यातायात साधनको सिमितता, किशोरीका लागि सुरक्षाको अभाव तथा सामाजिक वहिस्कार जस्ता पक्षहरुले गर्दा वालविवाह भइरहेको छ ।


कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बालविवाहका कारण परिवारमा बेमेल हुनुका साथै सामाजमा हिंसाका घटनाहरु पनि बढ्दै गएकाले त्यसलाई कम गर्न नगरपालिकाले बिषेश अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले नगरपालिकाले अगाडी बढाएको यो अभियानले बालबिबाह न्यूनिकरण र हिंसा कम गर्न मद्धत गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

हरेक हिंसाले समाजमा कसैको पनि भलो नगर्ने नगरप्रमुख अधिकारीको भनाई छ । उहाँले बिकास भनेको सडक खन्नु मात्रै नभई मानबिय बिकास गर्ने प्रमुख कार्य रहेको बताउनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले बालबिबाह अहिलेको प्रमुख समस्या भएको र यसलाई न्यूनिकरण गर्नको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । वालविवाहले वालवालिकाको अधिकार हनन् हुने भएकाले वालविवाह न्यूनिकरणमा सवैको ध्यान जानुपर्ने उहाँको भनाई छ ।

वालविवाहले वालवालिकाको शारीरीक, मानसिक र संवेगात्मक विकासमा असर पु¥याउने र यसको दिर्घकालिन असर वालवालिकाको व्यक्तित्व र समाजमा तथा देशविकासमा समेत पर्ने भएकाले यसको अन्त्यका लागि सवै एक हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले यसका लागी नगरपालिकाले नगरभित्रका बिद्यालयहरुमा किशोर किशोरी शिक्षा कार्यक्रम राखिएको बताउनुभयो ।


कार्यक्रममा सहभागिता पुरोहित तथा ब्रामणहरुले अब बिबाह गराउदा बेहुला बेहुली दुबैँको नागरिकता वा जन्मदर्ता हेरेर मात्रै बिबाह गराउने प्रतिबद्धता जनाएका छन् । शारदा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा जानकारीमुलक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सञ्चालन सिता गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित