छत्रेश्वरीद्धारा बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता बितरण

सल्यान टुडे,
सल्यान २६, कार्तिक ।
सल्यानको छत्रेश्वरी गाउपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत बितरण गरेको छ । पारदर्शी र दुरुपयोग हुनबाट जोगाउन बैंकिङ्ग प्रणाली मार्फत भत्ता बितरण गरेको गाउपालिकाले जनाएको छ । लान्तीबजारमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाउँपालिकाले सहकार्य गरेर भत्ता बितरण गर्दै आएको छ ।

 

शनिबार ‘गाउपालिकाको ढिलासुस्तीले सामाजिक सुरक्षा भत्ता बितरण भएन्’ https://salyantoday.com/2019/11/09/612 शिर्षकको समाचार सल्यान टुडेमा छापिएको थियो । गाउँपालिकाले चौमासिक रुपमा सबै वडाका जेष्ठनागरिक तथा अन्य ७० बर्ष पुगेकालाई १२ हजार, जेष्ठनागरिक दलित ६० बर्ष माथीकालाई ८ हजार, बिधुवा तथा एकल महिलालाई ८ हजार बितरण गरेको छ ।


यस्तै पूर्णअपांग (क) बर्ग १२ हजार, आंशिक अपांग (ख) बर्ग ६ हजार ४ सय र दलित बालबालिका ५ बर्ष मुनीकालाई १ हजार ६ सय रुपैया सामाजिक सुरक्षा भत्ता मार्फत बितरण गरेको सुचना प्राविधि अधिकृत सालिकराम पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले बार्षिक करिब १ करोड ४६ लाख रुपैँया सामाजिक सुरक्षा भत्ता मार्फत बितरण गर्दै आएको छ । सामाजिक सुरक्षा भत्ता बितरण कार्यलाई थप प्रभाबकारी बनाउने प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताउनुभयो । यसलाई प्रभावकारी र ब्यबस्थित बनाउन सामाजिक सुरक्षा शाखामा थप श्रोत साधन र जनशक्तिको ब्यबस्था गरिने उहाँको भनाई छ ।

सम्बन्धित ब्यक्तिले आफ्नो भत्ता आफैँ सदुपयोग गरून् भन्ने उद्धेश्यका साथ बैंकिङ्ग प्रणाली मार्फत भत्ता बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो । जिल्लाको त्रिवेणी गाउपालिकाले पनि बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस