शितलपाटीमा १ सय २० जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिदैँ

सल्यान टुडे,
सल्यान १, मंसिर ।
सल्यानको शितलपाटीमा आँखा शिविर बस्ने भएको छ । राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग र सल्यान आँँखा उपचार केन्द्र शितलपाटीको स्थानिय ब्यबस्थापनमा मंसिर २ र ३ गते सल्यान आँखा उपचार केन्द्र शितलपाटीमा शिविर बस्ने भएको छ ।
शिविरमा १ सय २० जना मोतीबिन्दु भएका बिरामीहरुको निःशुल्क अप्रेशन गर्ने तयारी गरिएको छ । मोतिया बिन्दुको निःशुल्क अप्रेशन शिविरमा सहभागी भएर सेवा लिन वरिष्ठ नेत्र स्वास्थ्य कर्यकर्ता पदम राज पन्तले आग्रह गर्नुभएको छ ।


जिल्लाको शारदा नगरपालिका र सिद्धकुमाख गाउपालिकाको स्थानिय व्यवस्थापन तथा सल्यान आँखा उपचार केन्द्रको प्रावधिक सहयोगमा ७ स्थानमा भएको आँखा शिबिरमा ८ सय जना बिरामीहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँच गराएका अन्यमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने बिरामीहरुलाइ निशुल्क औषधी बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस