त्रिवेणी गाउँपालिकाले शुरु गर्यो कुपोषण हटाउने अभियान

सल्यान १२, माघ ।
जिल्लाको एक गाउँपालिकाले कुपोषण हटाउन अभियान शुरु गरेको छ । पोषणमा सुधारका लागीे त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधिलगायत सरोकारवालाहरुले सामुहिक प्रतिबद्दता जनाएका छन् । दुइवर्ष मुनिका बालबालिका र आमाको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरि कुपोषण हटाउने अभियान थालेको गाउँपालिकाले जनाएको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले त्रिवेणी गाउँपालिकालाई पुर्ण पोषणयुक्त बनाउने लक्ष्यका साथ गाउँपालिका भित्र का प्रत्येक घरमा पुर्ण पोषण युक्तखानाखाने बानी बसाल्न अभियान थालिने बताउनु भयो ।
यस अभियानलाई सफल बनाउन सबैले आजकै दिन बाट लाग्नु पर्छ उहाँले भन्नुभयो,‘सबैले आफैबाट शुरुवात गरेपछि असम्भव भन्ने केही छैन्। गाउँमा उत्पादन हुने भट्ट बेचेर सोयाबीन खाने होइन,आफैले उत्पादन गरेको मकै भटमास खाए पनिपोषणमा सुधार ल्याउन सकिन्छ ।’ उहाँले अर्गानिकउत्पादन बढाउने र बाहिरबाट आयातहुने सामाग्री घटाउने अभियानमा गाउँपालिका जुटेको बताउनु भयो ।

यस अभियानलाई सफल बनाउन दलित विकास समाजको साझेदारीमा संचालित सुआहारा कार्यक्रमसंग सहकार्य गरेर १००० दिनेबच्चा र महिलाहरुको पोषण सुधारका लागी आवश्यक विभिन्न नीति तथा कार्यबिधिहरु बनाइ कार्यान्वयन गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस