लकडाउन : बालबालिका संरक्षण र अभिभावकको भूमिका

गुमान सिंह नेपाली,

चिनको वुहान शहरबाट सुरु भएको कोरोना भाईरस (कोभिड–१९) महामारीले गर्दा विश्व सशकिंत भई लकडाउनको अवस्थामा छ । मानवनिर्मित हतियार भन्दा जैविक हतियारले विश्वलाई नै चुनौती दिई रहेको छ । कोरोना भाईरसबाट बालबालिका, किशोरकिशोरी, महिला, पुरुष, वृद्धवृद्धा कसैलाई पनि यसले आफ्नो शिकार बनाउन सक्छ ।

हरेक युद्धमा हार र जित हुन्छ तर सबै युद्धमा हार्ने भनेका बालबालिका मात्र हुन् । दोस्रो विश्व युद्धमा धेरै भन्दा बढी ज्यान गुमाउने र प्रभावित हुने महिला र बालबालिका थिए । नेपालमा भएको १० वर्षे जनयुद्धमा बढी प्रयोग हुने र प्रभावित हुने पनि बालबालिका नै थिए । सन् २०१२ देखी २०१८ सम्म सिरियामा भएको गृह युद्धमा ५५ लाख बालबालिका प्रभावित भएका थिए । अहिलेको यो कोरोना भाईरस सँगको लडाईमा पनि आफ्ना बालबालिका प्रति सचेत हुन सकेनौ भने कोरोना भाईरस (कोभिड–१९)का लागि निमन्त्रणा कार्ड छापी रहेका हुने छौं ।

“कोरोना भाईरस सँगको लडाईमा पनि आफ्ना बालबालिका प्रति सचेत हुन सकेनौँ भने कोरोना भाईरस (कोभिड–१९) का लागि निमन्त्रणा कार्ड छापी रहेका हुनेछौं । “

बालबालिका सम्वन्धी ऐन, २०७५ ले १८ वर्ष उमेर पुरा नगरेको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ । तथ्यांकमा हेर्ने हो भने नेपालको कुल जनसंख्याको ४१.८४ प्रतिशत जनसंख्या १८ वर्ष भन्दा कम उमेरका बालबालिकको रहेको छ । देशको झन्डै आधा जसो जनसंख्या रहेका समूहलाई आफ्नो अधिकार र कर्तव्य वारे बुझाउन र बालबालिकाको कुरा अभिभावकले नबुझिदिने हो भने यी सबै कोरोनाका शिकार हुन सक्छन् ।  कोरोनाले गर्दा विश्वमा मानिसहरुलाई बन्दीगृह बनाएको छ । यसको औषधी अहिले सम्म पनि पत्तालागेको छैन । विश्वका ठूला र शक्तिशाली देशहरु पनि अहिले कोरोना भाइरससँग डगमगाई रहेको अवस्थामा गृहबन्दीमा बसिरहेका छन् । यस्तो अवस्थामा बालबालिकाका अभिभावक चनाखो हुन आवश्यक छ । अभिभावकहरुले आफ्ना बालबालिकाको भावना बुभ्mने र अभिभावक हैन साथी बनेर ब्यवहार गर्नुपर्ने समय आएको छ ।

नेपालमा १ देखी १४ वर्ष सम्मका ८२ प्रतिशत बालबालिकले अनुशासनका नाममा आफ्नै घरमा हिंसा, दुब्र्यवहार, श्रमशोषण र वेवास्ताका जोखिमहरु भोगिरहेको यूनिसेफ नेपालले तथ्यांक सार्वजनिक गरेको छ । धेरै जसो अभिभावकहरुले आफु मात्रै जान्ने र आफ्नो निर्णय नै ठिक हुने दम्ब देखाई रहेका हुन्छन् । बालबालिकाका कुरा ध्यान दिएर नसुनी दिने, बालबालिकाको निर्णयलाई गम्भिरताका साथ नसोचेर वा गहिराईमा नपुगेरै गलत सावित गरिदिन्छन ।

कतिपय अभिभावकहरु आफ्नो रिस बालबालिका माथी थोपार्ने गरेका हुन्छन् । अभिभावकहरु बुभ्mनु हुन्न की बालबालिका आफ्नो चाहनाले होईन् अभिभावको चाहानाले जन्मिएका हुन्छन र बालबालिकाको इच्छा चाहना बुभ्mन तिर नलागी अभिभावकको चाहनाअनुसार भइदिओस भन्ने चाहना राखेका हुन्छन् जसले गर्दा बालबालिका शारीरिक, मानसिक, संवेगात्मक र भावनात्मक असर परिरहेको हुन्छ । कतै हामीले यो लकडाउनको समयमा हाम्रा बालबालिका माथि यस्ता कार्य गरिरहेका त छैनौं ? सोच्नुहोस महामारीका रुपमा फैलिएको कोरोना भाईरसको विषयमा घर परिवारमा छलफल गर्दा के बालबालिकाको भावनालाई बुभ्mने गरेका छौं त ? बाबालिकाको उपस्थितिमा छलफल गर्दा अभिभावकले ध्यानदिन सकिएन भने बालबालिकालाई भविष्यमा देशले असल नागरिक पाउने सम्भावना घटेर जानुका साथै पारिवारिक विग्रह भइ सामाजिक विखण्डन निम्त्याउँछ ।

“सोच्नुहोस महामारीका रुपमा फैलिएको कोरोना भाईरसको विषयमा घर परिवारमा छलफल गर्दा के बालबालिकाको भावनालाई बुभ्mने गरेका छौं त ? बाबालिकाको उपस्थितिमा छलफल गर्दा अभिभावकले ध्यानदिन सकिएन भने बालबालिकालाई भविष्यमा देशले असल नागरिक पाउने सम्भावना घटेर जानुका साथै पारिवारिक विग्रह भइ सामाजिक विखण्डन निम्त्याउँछ । “

बालबालिकामा शारीरिक, मानसिक, संवेगात्मक र भावनात्मक असर पर्दा विभिन्न लक्षण देखिन्छन् :
रुने, चिच्याउने, रिसाउने, जिद्दी गर्ने, ध्यान कम हुने, एक्लै झोक्रिएर बस्ने, झर्को मान्ने, डराउने, खान मन नगर्ने, निन्द्रामा गडबडी, नराम्रो सपना देख्ने, चिन्ता लिने, हिनताबोध हुने, दिक्क हुने, शरीरमा पीडा हुने, साथीभाइसँग नमिल्ने, सानो बच्चाको जस्तो व्यवहार गर्ने, मादकपदार्थ तथा धुम्रपानगर्न थाल्ने, आक्रोशको भावना देखाउने र बदलाको भावना आउने हुन्छ । मर्छु किभन्ने डर, कसैले मार्छ कि भन्ने डर, डरत्रास, हतास, लुटपाट हुन्छ कि भन्ने डर, असुरक्षितको भावना, तनाबको महशुस, छट्पटि हुने, मनमा शान्ति नहुने, चिन्तित, पुराना घटनाहरु सम्झेर तनाबको महशुस, अस्थिरता, अत्तालिने, कसैलाई विश्वास नगर्ने, शंकालु हुने ।

असहायपनको महशुस, दुःखीत हुनु वा चित्तदुख्ने, निराशा (केहीपनि राम्रो हुँदैन भन्ने भावना), आत्मविश्वासमा कमी, भित्रदेखि छियाछिया हुने (विछिप्त), असक्षम भएको महशुस हुने, रोइरहने, कराइरहने, टोलाउने, एक्लोपनको महशुस, सन्तुष्ट नहुने, दोषी भावना, एक्लै बस्न खोज्ने, सहयोगको आवश्यक्ता परिरहने, दैनिक कार्य गर्न नसक्ने, काममा अस्थिर, स्याहार नगर्ने, सामाजिक कार्यबाट अलगिने, बोल्न नचाहने, निष्कृय रहने, सम्बन्ध कायम गर्न नसक्ने, केहि काम नगरी बस्ने, कमजोर महशुस गर्ने, उत्साहमा कमि ।

सजिलै रिस उठ्ने, घृणा, बदलाको भावना, आक्रमक, कराउने, रिस नियन्त्रण गर्न बालबालिकालाई पिट्ने, हिंसात्मक, झगडा गर्ने । दुविधा, दोमन, धेरै बोल्ने, मुटु सम्बन्धि समस्या, हिनताबोध, सुत्न नसक्ने, खान पिउन गाह्रो, मानसिक दबाब, माया गर्न नसक्ने, पढ्न नसक्ने, फत्फताइरहने, शारीरिक रुपमा कमजोर, बारम्बार विचारहरु परिवर्तन हुने, अनादरपूर्ण व्यवहार, राक्षेसी प्रवृत्ति र दुव्र्यशनी ।

यस्ता लक्षणबाट बालबालिकालाई बचाउन अभिभावकको भूमिका :
~ अभिभावकको आनीबानीमा सुधार ल्याउने
~ घरपरिवारमा कलह, झैझगडा नगर्ने
~  बालबालिकालाई साथी बनाउने र घर भित्रै खेलिने खेलहरु खेल्ने
~  बालबालिकालाई खेलकूद तथा मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी गराउने
जस्तैः कथा, कविता भन्ने, गित गाउने नाच्ने चित्र बनाउने र रंग लागाउने
~  उमेर अनुसारको बालबालिकासँग ब्यवहार गर्ने
~  सुत्केरी र गर्भवती आमाको विशेष ख्याल ।
~  बालबालिकालाई हौसला दिने, समस्या बुभ्mन खोज्ने र बालबालिकाले गरेको कामको प्रयासमा प्रशंसा गर्ने ।
~ पहिला आपूm स्वयं शान्त तथा सन्तुलित रहने, अभिभावक नै डराए जस्तो नगर्ने ।
~  बालबालिकालाई एक्लै बसेको भए अरुसँग राख्ने, एक्लै नछाड्ने ।
~  बालबालिकालाई आघातपूर्ण घटनाहरुको दृश्यबाट टाढा राख्ने ।
~  उमेर अनुसार आउन सक्ने खतरा र विपत्तीबाट जोगाउन प्रयास गर्ने र यदि खतारा भए के कसरी मद्दत गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने ।
~  लकडाउनको समयमा बालबालिकासँगको नियमहरु सजिलो बनाउने, सामान्य अवस्थाको जस्तो पालना गर्न दबाब नदिने ।
~  त्यस्तैअन्य क्रियाकलापहरु जस्तैः चित्र कोर्ने, रङ्ग लगाउने आदिमा संलग्न गराउने ।
~  नातेदार आफन्तबाट छुट्टिएकालाई उनीहरुसँग भेट गराउन खवर गरिदिने ।
~  साना नानीहरु भएमा बढी समय दिने, सान्त्वना दिने, उनीहरुलाई सजिलो महसूस गराउने ।
~  ६ देखि १२ वर्ष सम्मका बच्चाको लागि ः विशेष गरेर हरेक बच्चाहरुलाई ध्यानदिने, एक्लै नछोड्ने, उनीहरुको कुरा ध्यानपूर्वक सुन्ने, बच्चाले एउटै कुरा बारम्बार भनिराखे पनि झर्को         नमान्ने, घटनाबारे कुरा गर्न दबाब नदिने, कथा भनेर, नाटक खेलाएर, चित्र कोर्न लागाएर, गीत गाउन लगाएर पीडा व्यक्त गर्न लगाउने ।
~  किशोरकिशोरीहरुलाई पर्याप्त समय दिने र के भइरहेको छ भन्ने बताइदिने, चिन्तालाई कमगर्न भनेर मदिरा तथा धुम्रपान गर्नु हुँदैन भनेर राम्रोसँग बुझाउने ।
~  बालबालिकाहरुलाई दैनिक जीवनका क्रियाकलापमा संलग्न गराउनका लागि सहयोग गर्ने जस्तै ः खान, बस्न, आप्mनो कपडा लुगा लगाउन र सफा सुग्घर रहन आदि ।
~  मोवाइलमा शैक्षिक गतिविधि र बालबालिकाहरुको जीवन उपयोगी सीप सिक्ने कुरामा प्रोत्सहान गर्ने तर अनाआवश्यक कुरा हेर्नलाइ निरुत्सहाहित गर्ने ।

यो बन्दाबन्दी अर्थात लकडाउनको समयमा अभिभावकहरुले आफ्ना बालबालिका प्रति यति गर्न सकिएमा घर भित्र वा घर बाहिर बालबालिका सुरक्षित राख्नका साथै कोरोना भाइरसबाट पनि सुरक्षित हुन सकिन्छ ।

 

                                                            गुमान सिंह (जिएस) नेपाली
                                           शारदा नगरपालिका १० मधाना, सल्यान

प्रतिक्रिया दिनुहोस