स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. बुढाको बिदाई

सल्यान २८, आषाढ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरको आईतवार बिदाई गरिएको छ । अध्ययनका लागी पोखरा जान लाग्नु भएका उहाँको बिदाई गरिएको हो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्नाकोत्तर तहको इन्टरनल मेडिसिन (एमडि.एमएस) अध्ययनका लागी जान लाग्नुभएका उहाँको स्वास्थ्य सेवा कार्यालय परिसरमा एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।

झण्डै तीन बर्ष जिल्लामा रहेर काम गर्नुभएका उहाँले साढेँ २ बर्ष जिल्ला अस्पताल सल्यान र स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रमुखको रुपमा काम गर्नुभएको थियो । जिल्लामा रहदा उहाँले जिल्ला अस्पतालबाट प्रदान गरिने सेवालाई छिटो, छरितो र थप स्तरीय बनाउन बिशेष भूमिका निर्वाह गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस