सल्यान ७, साउन ।
साउनको महिना । मुसलधारे झरी । प्रकृतिको अहमता । झ्याउ किरीको झ्याउ–झ्याउ । अनि अन्धकार रात । बुवाको मन भारी । आमाको प्रसव पिडा । दाइहरुको आश्चार्यता । परिवारको खुसी । मेरो जन्म दिन ।
कालो साउन । भोकमरीको साउन । बिपद्को साउन । मान्छेहरु एकतीर बखान गर्छन् । अर्को तर्फ हरियो साउन । उत्पादनको साउन । खेती गर्ने साउन । तर जे सुकै होस्, यो साउन । म जन्मिएको साउन । मेरो आमाबुवाको आँखा खुसीका आँसुले भरिएको साउन । म जन्मिएको साउन ।
000000000
आफुले नखाएर मलाई खुवाउने आमा । आफुले नलगाएर मलाई कपडा लगाई दिने मेरो बुवा । अनी हरेक क्षणमा म मुस्कुराएको देख्न चाहाने मेरो परिवार । आमा…! बुवा…! म बाल्यकाल हुदैँ जवान हुदाँ समेत हजुरहरुलाई सम्बोधन गर्ने कुनै शब्द भेटेको छैन् । र भेटु पनि कसरी !
म सम्झन्छु । आमा, हजुर धर्ती हो, मलाई मायाको कहिल्यै कमी हुन दिनुभएन् । बुवा, हजुर आकाश हो, मलाई हरेक कुराको कमी हुन दिनु भएन् । हजुरहरुले भन्नु हन्थ्यो नी : ‘राम्रो बनेस्, ज्ञानी बनेस्, धेरै पढेस्, ठूलो मान्छे बनेस्, झगडा नगरेस्, आफु भन्दा अगाडीको मान्छेले भनेको सबै कुरा मानेस्, आमाबुवाको र परिवारको ईज्जतको ख्याल गरेस् ।’
म अहिले पनि हजुरहरुले सिकाएको बाटोमा छु । अहँ, मैले बाटो बिराएको छैन्, तर माफ गर्नुहोस् आमाबुवा म गन्तब्यमा पुग्न सकेको छैन् । जिन्दगीमा ठेस नलाग्ने कहाँ हुन्छ र ? मन नदुख्ने कस्को हुन्छ र ?
00000000
मैले बिगतमा भोगेका दुखका दिनलाई बिर्सिने कोशिस गर्दै छु । विगत बिर्सिन गाह्रो हुदोँ रहिछ । तर बिगतले सिकाएको पाठ अहिलेको मार्ग बन्दै गएको छ । मेरो निम्ती, परिवारको निम्ती मिठो नखाएर, राम्रो नलगाएर । भोली भोली भन्दै साँचेर यहाँ सम्म ल्याउनुभयो आमाबुवा ।
छिमेकीले डाह गर्थे, साथीसंगीले झगडा गर्थे, आफन्तले गिद्धे नजरले हेर्थे । तर पनि संघर्ष गर्नुपर्छ भनेर सिकाउने मेरो आमाबुवा । हुर्काउनु भयो, बढाउनु भयो, पढाउनु भयो, लेखाउनु भयो, संसार देखानु भयो, संघर्ष गर्न सिकाउनु भयो । म सानो हुदाँ मेरा अनेकौँ सपना सँग लुरीबुरी खेल्ने मेरो आमाबुवा ।
00000000
म बाल्यकालमा नै थिए । सानो थिए । सायद १२/१३ बर्षको उमेर । परिवारमा आँधीबेरी आयो । पापी दैव । निष्टुरी भगवान । बिरानो संसार । सँगै हुदाँहुदै पनि बुवालाई लिएर गयो । बाघले बाख्रो लिए जस्तै । चिलले चल्ला लिए जस्तै । खोलाले किनार कटान गरे जस्तै । बर्षातको भेल बगे जस्तै । अहँ, मेरो बुवा कहिल्यै नफर्किने गरेर ।
मलाई सम्झना छ, याद छ, र त त्यो दिनको प्रतिक्षामा छु, मेरो बुवा एक दिन फर्किए आउनु हुन्छ । तर त्यो मेरो भ्रम हो, र पनि मन मान्दैन्, मान्दै मान्दैन् । यहाँ सम्म आउदाँ राम्रो गर भन्ने धेरै बुवा भेटाए, तर जन्म दिने बुवा ? मलाई संसार देखाउने बुवा ? भेटाउन सकिन् । सायद अब सक्दिन होला !
00000000
अहिले बुवाको माया आमा सँग साट्दै आएको छु । मेरो आमा । उमेरले ६० काटिसक्नु भएको छ । म जन्मदा जती माया गर्नुहुन्थ्यो, अहिले त्यो भन्दा झन् बढी माया गर्नुहुन्छ । आमा रिसाएको कहिल्यै थाहा पाएन् । म भोकाएकी छु भनेको कहिल्यै थाहा पाएन् । मलाई राम्रो लगाउन र मिठो खान मन छ भनेको कहिल्यै थाहा पाएन । मेरी आमा !
म अहिले घर देखी टाढा छु । सदरमुकाममा छु । पत्रकारिता गर्छु । उमेर एक बिस पाँच पुग्यो । म ठूलो भैसके जस्तो लाग्छ । तर आमाको नजरमा म सानो छु । आमा भन्नुहुन्छ : ‘काम गर्दा होसियार बन्नु है । आफ्नो ख्याल गर्नु ।’
आमाको माया लाग्छ । घरको याद आउँछ । घर जान मन पनि लाग्छ । तर पनि जीवन जिउने उपाय सिक्दै छु । म भन्छु ः ‘आमा केही दिनमा घर आउँछु ।’ आमा सोच्नुहुन्छ होला : छोराले घर आउने भन्थ्यो, तर उसको केही दिन कहिले आउँछ ?’
00000000
मलाई मेरो घरपरिवारको साथ छ । सहयोग छ । माया छ । ममता छ । स्नेह छ । अनी मात्रै म यहाँ सम्म आएको छु । यदी हजुरहरुको साथ र सहयोग हुदैन् थियो भने अहिले साँझ बिहान खान पनि पाउदैन थिए होला । राम्रो लगाउन पाउदैन थिए होला । खलंगामा बसेर पत्रकारिता गर्न पाउदैन थिए होला । यो सबै हजुरहरुको प्रेरणा र सहयोगले हो । मलाई आसा छ । म जिन्दगी भर हजुरहरुको माया र प्रेरणा पाइरहन्छु ।
00000000
म फेरी सोच्छु । मेरी आमाको अपेक्षा मध्य सबैभन्दा ठुलो अपेक्षा हो बुढेसकालको सहारा अनि साथ । त्यो बेलाको दुध भातले माया दर्शाएको छ । अनि सन्तान मोह छ साथमा । म मेरो आमाबुवाको जीवन बिमा त हुँ, एउटा खाली चेक आमाबुवाका लागि हैन र ?
यदाकता तरह–तरहका भाव संगै सामाजिक सञ्जालमा फोटाहरु छरपष्ट पार्ने सन्तान पनि थुप्रै छन् आमा । एक छाक खान नदिएर भोकभोकै पार्ने अनी बुढेसकालमा बृद्धाश्रम लिएर छोडिदिने सन्तान पनि छन् आमा । अनी आमाको उच्च सम्मान गर्दै बुढेसकालको सहारा बनेका सन्तान पनि छन् आमा । बुवाले हाम्रो खुसी देख्न नपाउदैँ पापी दैवले चुडाएर त लियो आमा, तर शरिरमा एक मुठी सास र एक चिम्टी रगत रहुन्जेल सम्म म हजुरलाई खुसी बनाउने छु, र हजुरको बुढेसकालको लौरी भनेर सहारा दिने छु । मेरी आमा !
00000000
जीन्दगीको परिभाषा ‘नाटक’ रहिछ । हँसाउने र रुवाउने दुवै पात्र नाटकमा हुन्छन् । अन्त्यमा सन्देश छोडेर सकिन्छ नाटक । अनि जिन्दगी पनि । नाटकको मञ्जन गर्दै मलाई यहाँ सम्म ल्याउने सबैमा नमन् । हजुरहरुको बर्षौबर्ष स्नेह पाउ । आज मेरो जन्म दिन ।
00000000