कोभिड(१९ का कारण कृष्णजन्माष्टमीको दिन देवस्थलमा लाग्ने मेला स्थगित

२६, साउन ।
श्री कृष्ण कृष्णजन्माष्टमीको दिन लाग्ने देवस्थल मेला स्थगित गरिएको छ ।मेलासँगै पुजाआजाका सम्पूर्ण कार्यक्रम समेत बन्द गरिएको छ ।कोरोना नियन्त्रण स्वरुप भिडभाड नगर्न बनगाड कुपिण्डे नगरपालिकाले सुचना समेत जारि गरेको छ ।मेला स्थगितसँगै कृष्ण मन्दिरमा पुजाआजाको कार्यक्रम समेत बन्द गरिएको छ ।प्रभाकर माद्यामिक विद्यालय प्राङ्गणमा भित्र मन्दिर भएकोले र मेला पनि भित्रै लाग्ने भएकोले यो वर्ष उक्त विद्यालयमा आइसुलेसन वार्डसँगै ५ जना कोरोना पोजेटिभ समेतलाई राखिएकोले पुजाआजाको लागि मन्दिरमा प्रवेश नगर्न अनुरोध गरिएको छ ।सधैंका वर्षमा धुमधामका साथ लाग्ने मेला यो वर्ष भने कोभिड(१९ का कारण स्थगित गरिएको वताएको छ ।मेला स्थगित गरिएको छ ।

कोरोना नियन्त्रण स्वरुप र उक्त क्षेत्रमा आइसुलेसन वार्ड समेत रहेकोले सबै नगरवासि तथा भक्तालुलाइ भित्र प्रवेश नगरिदिन बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनु भएको छ । मेलासँगै हरितालिका तिज नजिकै गर्दा भिडभाड गरेर नाचगानका कार्यक्रम नगर्न अपिल गरिएको छ ।हाल पछिल्लो समय कोरोना व्यापकरुपमा फैलन थालेकोले भौतिक दुरि,मास्क लगाउन र सचेतना अपनाउन जनमानसमा हार्दिक अनुरोध गरिएको खड्काको भनाइ छ ।भारतबाट आउने नागरिक दिनप्रतिदिन वढिरहेको र केही दिन अगाडि खालि भएको आइसुलेसनमा पुनस् ५ जना कोरोना पोजेटिभ थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस