समय अझै छ । बेला अझै छ । भर्खर जुंगाका रेखी बसेका छन् । अनि उमेर मात्रै २० बर्ष नाघेको छ । विगत बाल्यकाल नै हो । रुदा, हाँस्दा, खाँदा, नाँच्दा, गाउदाँ, जे गरे नि सुहाउहोँ बेला त्यही हो । त्यो बेला केहीको मतलव थिएन । बस् खान पाए भयो । नाँच्न पाए भयो । खेल्न पाए भयो । घुम्न पाए भयो । के ? कहाँ ? को ? कसरी ? किन ? भन्ने प्रश्न नै हुदैन्थ्यो ।
तर जव उमेर बढ्दै गयो । अब पढ्नु पर्छ । केही नयाँ काम गर्नुपर्छ । आफ्नो खुट्टामा आफै उभिन सिक्नुपर्छ । समाजमा केही गरेर देखाउनु छ । आमाबुवा, घरपरिवारको इज्जत राख्नुपर्छ । जिन्दगी लामो छ । तव अनि शुरु हुन थाल्छ, यूवाहरुको हतारपन ।
000000
जस्तैः कि आमा बन्न एक गर्भवतीले ९ महिना पर्खे जस्तै । परिवार पाल्न मजदुरले दिनभरी श्रम गरे जस्तै । खेतीपाती गर्नेले बाली उठाउनका लागि एक बर्ष पर्खे जस्तै । उद्यम गर्नेले त्यसबाट प्रतिफल लिन कम्तीमा तीन बर्ष पर्खे जस्तै । कुनैपनि क्षेत्रमा प्रगति गर्न, सफलता हासिल गर्न, ख्याती कमाउन लामो संघर्ष र धैर्यताको जरुरत हुन्छ ।
तर, आजको यो यूवापुस्ता यसरी पर्खन तयार छैनन् । उनीहरु हतारमा छन् । उनीहरु आज जे गर्छन्, तुरुन्त त्यसको नतिजा खोज्न थाल्छन् । आज खेती गर्छन्, भोलि त्यसको उत्पादन खोज्छन् । आज व्यपार गर्छन्, भोलि त्यसको मुनाफा खोज्छन् । उनीहरुलाई पर्खिने र धैर्यता गर्ने कुनै समय छैन् भन्दा पनि हुन्छ । उनीहरु पर्खन तयार हुदैँ हुदैनन् ।
00000
उनीहरु हावाको बेग जस्तै चल्न चाहान्छन् । पानीको छाल जस्तै बग्न चाहान्छन् । हो यही गतिशिलतासँग उनीहरुले पनि आफ्नो लय समातेका छन् । उनीहरु सोच्छन्ः थोरै रोकिएमा जीवनको ट्रेन छुट्ने छ । गन्तब्यको बाटो बन्द हुने छ । अबशरको ढोका बन्द हुने छन् । अहिलेसम्म संगालेका हजारौँ सपनाहरु चुडिँएर जानेछन् । र जीवनमा औँसीको रातमा जस्तै आकाश गड्याङगुडुङ गर्दै कालो बादल बहन शुरु गर्ने छ । अनि जिन्दगी अन्धकार बन्ने छ ।
अहिलेको पुस्ता । मानौँ २० देखी ४० बर्ष उमेर समुहको पुस्ता । यो पुस्ता थोरै समयमा धेरै भन्दा धेरै उपलब्धी हासिल गर्ने दौडमा छन् । आखिर उनीहरु किन हतारमा छन् ? उनीहरुमा यस्तो प्रवृत्तिको विकास कसरी भयो ? यसको जवाफ म सँग छैन् । र अरु सँग पनि छैन् होला सायद ।
यसमा धेरै हदसम्म आज उपलब्ध उपकरण, इन्टरनेट जिम्मेवार छन् । जति–जति उपकरण उपलब्ध हुँदैछन्, त्यसले हाम्रो काम छरितो बनाइदिएको छ । यस्ता उपकरणहरुको प्रयोगबाट कुनैपनि काम तुरुन्तै फत्ते गर्न सम्भव भएको छ । हिजो चिठ्ठी लेख्ने यी हातले आज मोवाइल फोन चलाउदैँ छन् । हिजो ड्रम, झ्याम्टा पिटेर सुचना दिने चलन थियो । आज सञ्चारका बिभिन्न साधन घरघरमा छन् । बिश्वरको घटना छिनभर मै कान कानमा पुग्छ ।
0000000
जुनीमामा भनेर नमस्कार गर्ने चन्द्रमामा आज मान्छे पुगिसके । समुन्द्र मुनि मानव बस्ती बसाल्ने तयारी हुदैँ छ । मान्छे हावाबाट बिजुली निकाल्न थालिसके । २/४ सयको सामान्य जोड घटाउन गर्न पनि मान्छे क्याल्कुलेटरको सहयोग लिन्छ । घण्टौँ हिडेर गन्तब्य पुग्ने ठाँउमा मान्छे मिनेटभर मै सुविधा सम्पन्न मोटरसाइकल, कार, अझ हेलिकप्टर लिएर जान्छन् । नेपालगन्जबाट नुन बोकेर खान्थ्यौँ भन्ने बाजेबज्यैका कुरा त हाम्रा लागी एकादेशका कथा भैसके ।
आज कुनै कुराको जानकारी चाहिएमा कसैलाई सोधीखोजी गरिरहनु पर्दैन । पुस्तक पल्टाउनु पर्दैन । गुगलमा सर्च गर्नसाथ त्यससँग सम्बन्धित हजारौं नतिजा हात लाग्छ, त्यो पनि क्षणभरमै । भोक लाग्यो जंकफुड आउँछ । सुत्न मन लाग्यो एटेज सहितका कोठा छन् । गीत सुन्न मन लाग्यो, युट्युब हाजिर छ । मुड फ्रेस गर्नुप¥यो, भिडियो गेमदेखि रमाइला सामाग्रीहरु सहजै उपलब्ध छ ।
0000000
सायद यस्तै प्रविधि र माध्यममा एकाकार भइरहेका आजका युवापुस्ता अरु कुराहरुमा पनि यसरी नै छिटो–छरितो नतिजा प्राप्त होस् भन्ने अपेक्षा राख्छन् होला । बर्षातको भेल बगे जस्तै । चीलले चल्ला टिपे जस्तै । बाघले बाख्रा लिए जस्तै । अनि हिमालको सिरेटोँमा चितुवा दौँडे जस्तै ।
आधुनिक प्रविधिको विकास र अहिलेको यूवापुस्ताको हतारो एउटैँ लाग्न थाल्यो । यही कारण अहिलेका पुस्ता र पुराना पुस्ता (आमाबुवा) बीच तालमेल मिलिरहेको छैन् । प्रविधिले डाँडा काटेको अबस्थामा, महंगीले क्षितिजलाई छोएको अबस्थामा, कुटोकोदाली, उकालीओराली, मेलापात, घाँसदाउरा, भोकोपेट नाँगो छाती, न त घाम, न त पानी, न त दुःख, न त पिर, सबै भुलेर थोपाथोपा संगालेर राखेको माया, प्रेम, स्नेह र धन सम्पतीले छोराछोरीको बढ्दो अपेक्षा पुरा गर्न आमाबुवा सक्दैनन् ।
000
खरले छाएको झुपडी, २/४ माना उब्जने पाखो बारी । अहँ, त्यो सबै यो पुस्ताको लागी केही होइन्, महलको सपनालाई देख्नेलाई झुपडीको कुरा त, इन्द्रका अगाडी स्वर्गको बयान भन्ने उखानले सार्थकता नपाउला भन्न सकिन्न । आधुनिकताले भरिएको युवापुस्तालाई हरेक सपना ठेला परेका हात, चाउरिएका गाला र आँसुमा हराएको आमाबुवाको हाँसोले अहँ, पुरा हुदैँ हुदैन् । जसको फलस्वरुपः युवापुस्ता (छोराछोरी) बुवाआमाबाट टाढिने, नराम्रो बाटो लाग्ने वा कुलतमा फस्ने सम्मका खतरा बढ्दै गएका छन् ।
त्यसैले, युवापस्ता हो, शरिरमा रगत छ भन्दैमा, पाखुरीमा बल छ भन्दैमा विगत भुल्ने र भविष्यको कल्पना पनि नगर्ने अनि बर्तमानमा मात्रै रमाउन खोजियो भने यात्रामा ब्रेक लाग्छ, गति तिव्र भएर होस, या सुस्त भएर । कुनैपनि कुरामा सफलता हासिल गर्न संघर्ष, लगाव र धैर्यता जरुरी छ । इन्टरनेटमा र्सच गर्नसाथ प्राप्त हुने नतिजा जस्तो जीवनमा सबै कुरा फटाफट हासिल हुँदैन । त्यसका लागि कठिन संघर्ष, निरन्तर प्रयास र धैर्यता जरुरी हुन्छ ।
अन्त्यमा जव, कुनै मालीले कुनै एक फूलको बोटमा दिनदिनैँ सिँचाइ गर्छ, तव, ऋतु आएपछि त्यो बोटमा फूल आफैँ फूल्न थाल्दछन् ।
0000 सम्पादक 0000