तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान १५, कात्तिक ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

दशैं सकिए लगत्तै सल्यानका किसानहरु खेतबारीको काममा ब्यस्त हुन थालेका छन् ।

सल्यानको बागचौर नगरपालिका वडा.न ९ जलेखर्क बाट सुर्य अस्ताउने बेला यस्तो प्रकारको मनमोहक दृश्य देख्न सकिन्छ ।

तस्बिरमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा.न २ बुरासे नजिकै पर्ने लसुने लेक ।

तस्बिरमा देखिएको यो मनोरम दृश्य शारदा नगरपालिका सल्यानको हो ।

तस्बिरमा सल्यानको कुमाख गाउँपालिकामा पर्ने त्रिवेणी पुल ।

तस्बिरमा जाजरकोट, रुकुम र सल्यानको सिमानामा रहेको कुमाख गाउँपालिका सल्यानमा पर्ने सुन्दर ठाउँ घाटाचौर अनि बिचबाट बगेको भेरी नदि ।

खुल्ला आकाश अनि सुन्दर सल्लेरी पाखाहरुको बिचमा रहेको कुमाख लेक आसपासको यो मनोरम दृश्य ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस