मृत्यु र म

कविता


बियोगमा बजीरहेको शंख,
स्वास लिन भुलिसकेको शरिर,
त्यो भिड्भाड ,
बनावटी रोदनले भरिएको आँगन,
अब कहिल्यै नदेख्ने दृढ आकांक्षा ।

000
टुक्रा पारिएको लामो बाँस,
धड्कन छोडिसकेको मुटु,
बग्रेल्ती ठड्याइएका काठहरु,
उल्लास जस्तै लाग्ने त्यो लास,
अब कहिल्यै नदेख्ने दृढ आकांक्षा ।

000
अवसान पर्खेको मसान घाट,
सुकिसकेका रक्त नली,
बिगुल बन्दै उडिरहेको धुवाँ,
पट्पट पट्किरहेको चिता,
अब कहिल्यै नदेख्ने दृढ आकांक्षा ।

000
चिता ढाकिसकेको आगो,
जल्न सुरु गरेका प्रत्यङ्ग,
खरानी बनाउन तल्लिन मलामी,
अब कहिल्यै नदेख्ने दृढ आकांक्षा ।

000
मुलढोकामै राखिएको फोटो,
हराइसकेको एथार्त,
जिउँदोमा नदेखेको हर्ष,
अनि अबिरजात्रा,
अब कहिल्यै नदेख्ने दृढ आकांक्षा ।

000

प्रतिक्रिया दिनुहोस