१९ औँ अन्तरराष्ट्रिय युवा दिवश सल्यानमा पनि मनाइयो

सल्यान २७, साउन ।
१९ औँ अन्तरराष्ट्रिय युवा दिवश सल्यानमा पनि मनाइएको छ । अन्तरपुस्ताको एक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने मुल नाराका साथ जिल्लाको कालिमाटी गाउँपालिकाको मुकाममा रहेको वजारक्षेत्रको सरसफाइ गरेर दिवश मनाईएको हो । वातावरण संरक्षणमा युवाको चासो भन्ने हेतुका साथ वजार सरसफाई गरिएको हो ।

कालिमाटी गाउँपालिका र दलित विकास समाजको आर्थिक साझेदारी तथा सुशासनका लागि युवा मन्चको सहजीकरण वजार क्षेत्र सरसफाई गरिएको हो । सुशासनका लागि युवा मन्चका अध्यक्ष दिपक सिजालीको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा गाउँपालिकाको मुकाम आसपासको वजार सरसफाइ गरिएको सुशासनमा नागरिक सहभागिता परियोजनाका सामुदायिक सहजकर्ता प्रेम रसाइलीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस