अपडेट : सल्यानमा जीप दुर्घटनामा परि ज्यान गुमाउने ८ जनाकै पहिचान खुल्यो

सल्यान, १२ असोज ।
सल्यानको कपुरकोटमा आज विहान भएको जिप दुर्घटनामा परि ८ जनाको ज्यान गएको छ । दुर्घटनामा १ जना घाइते भएका छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङ लागी छुटेको रा १ ज ५६३ नम्वरको डवल क्याप जिप विहान दुर्घटनामा परेको हो । राप्ती राजमार्ग अन्र्तगत सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी र वनस्पती कार्यालयको विचको डाँडामा डवल क्याब जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा जिप चालक कपुरकोट ६ जलवांङका २१ बर्षिय जित बहादुर बोहरा, सोहि ठाउँका ३७ वर्षिय धर्मा वली, ४० वर्षिय टोप बहादुर वली, उहाँको छोरा ११ वर्षिय वसन्त वली, सोही ठाउँका ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल वली, ५५ वर्षिया कुमारी वली र कपुरकोट ५ रिमका ३५ वर्षिय ललित वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो । शवलाई पोष्टमार्टमको लागी सल्यान अस्पताल ल्याउने तयारी भैरहेको छ ।

यस्तै दुर्घटना परी घाइते कपुरकोट ६ जलवांङका ३५ वर्षिय तिलक वलीको तुलसिपुरमा उपचार भैरहेको छ । वाँकेको ढकेरीबाट विहे भोज खाएर फर्कदैगरेको गाडि दुर्घटनामा परेको हो । जिपमा ८ पुरुष र १ महिला गरी ९ जना सवार रहेको प्रहरीले जनाएको छ । जिप सडकमा अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित