सल्यान, ८ पुस ।
सल्यानको कालिमाटी गाउँपालिका– २ निवासी यज्ञराज खरालले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । कालिमाटी गाउँपालिका– २ मा रहेको सिर्जनशिल माद्यामिक बिद्यालय झिगानेमा अध्ययनरत ३७ जना बिद्यार्थीलाई उहाँले कापि, कमल, क्याल्कुलेटर सहित बिद्यालयलाई भलिवल र नेट प्रदान गर्नुभएको हो । २० औँ बार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री प्रदान गरेका खराल विगत देखी नै सामाजिक कार्यमा सक्रिय रहदै आउनुभएको छ ।