सल्यान, ८ साउन ।
सल्यानकोे बाटुले जिउलामा खोप तथा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्बर ५ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र अन्र्तगरत बाटुले जिउलामा खोप तथा गाउँघर क्लिनिक सञ्चालनमा आएको हो । खोप तथा गाउँघर क्लिनिकको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले उद्घाटन गर्नुभएको छ ।
वडा नम्बर ५ का वडाअधयक्ष बिमल रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रावतले नागरिकको सहजताको लागि बाटुले जिउलामा खोप तथा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको बताउनुभयो । विदाको दिनमा समेत त्रिबेणीका सबै स्वास्थ्य संस्था सञ्चालन हुने गरेको बताउँदै उहाँले स्वास्थ्य संस्था देखी टाढाको बस्तीलाई समेत स्वास्थ्यको पहुँचमा जोड्न यस कार्य गरिएको बताउनुभयो । गाउँघर क्लिनिकबाट बिशेषतः गर्भवति तथा नवजात शिशु बढी लाभान्वित हुने छन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, स्वास्थ्य प्रमुख प्रभात कुमार श्रेष्ठ, वडासदस्य धर्म बहादुर घर्ती, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख शंकर कुमार राणा, अनमी लक्ष्मी डाँगी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्रका अहेव सुरेश बोहराले गर्नुभएको थियो ।