हाम्रो बारेमा

पानस मिडिया हाउस प्रालिद्धारा संचालित
सल्यान टुडे डटकम

दर्ता न. २२६६३२÷०७६÷०७७
पा नं. ६०९६४३८७९

नयाँ संबिधानको निर्माण सँगै देश संघियतामा गइसकेको छ । अहिलेको सूचना र प्रबिधिको युगमा नागरिकहरु विहान उठेदेखि साँझ सुत्ने वेला सम्म नै सञ्चारको पहुँचमा रहन्छन् ।

कुनै बेला यस्तो समय थियो, सूचना प्राप्त गर्न विहान छापिने पत्रपत्रिका र निश्चित समयमा बज्ने रेडियोको सामाचार तथा प्रशारण हुने टेलिभिजनको भर पर्नुपथ्र्यो । भने आजका प्रत्येक नागरिकहरु निरन्तर सूचना प्राप्त गर्न चाहन्छ । यसका लागि अनलाइन नै सबैभन्दा छिटो छरितो र भरपर्दो माध्यम बनेको छ ।

नयाँ संबिधानमा उल्लेख भएका अधिकारलाई जनतासम्म पु¥याई उनीहरुलाई आफ्ना अधिकारका वारेमा जानकारी गराई अधिकार सम्पन्न गराउनु नै हाम्रो प्रमुख उद्धेश्य रहेको छ । देशमा समृद्धि, विकास र परिवर्तन अबको लक्ष्य हो । यही लक्ष्यलाई पुरा गर्न हामीले सल्यानबाट अनलाइन सेवा सञ्चालनमा ल्याएका छौं । यो अनलाइन तपाईहरु सबैको अनलाइन हो ।

तपाईहरुले आफ्नो क्षेत्रमा भएका सकारात्मक, नकारात्मक गतिबिधि सुचना तथा सामाचारहरु यस अनलाईन सम्म उपलब्ध गराई सहयोग गर्न सक्नुहुन्छ । साथै हाम्रा सामग्रीहरु पढ्न सुन्न अनि आफुलाई लागेका महत्वपुर्ण सुझावहरु दिन सबैलाई हामी अनुरोध गदैछौं ।

– पानस मिडिया हाउस प्रालि परिवार-