कर्णाली प्रदेशमा स्टाफ नर्स र अनमी गरी २०१ स्वयंसेवक परिचालन गरिँदै

सल्यान टुडे,
सल्यान १५, कार्तिक ।
कर्णाली प्रदेश सरकारले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले कर्णालीका स्वास्थ्य संस्थाविहीन समुदाय तथा विद्यालयहरुमा परिचालन हुने गरी नर्सिङ कार्यक्रम ल्याएको हो । मन्त्रालयको स्वास्थ्य महाशाखाले यसका लागि स्टाफ नर्स ५९ र अनमी १४२ गरी २०१ जनालाई परिचालन गर्दैछ ।


महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वयंसेवक परिचालन कार्यबिधि अन्तर्गत मंसिरदेखि सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । महाशाखा प्रमुख शाहीले स्वयंसेवक छनोटका लागि शैक्षिक योग्यता, अनुभव तथा स्थानीयवासीलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

कार्यक्रमका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा रू. ६ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारबाट खटिएका नर्सिङ स्टाफले सम्बन्धित वडा कार्यालयको निर्देशनमा आवश्यकताअनुसार समुदायका साथै विद्यालयमा पनि खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस