सल्यान टुडे,
सल्यान २०, कार्तिक ।
ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले सल्यानमा दार्मा गाउपालिकामा जडान गरिएको बिजुली बत्तीको उद्घाटन गर्नुभएको छ । आज गाउपालिकाको केन्द्र फारुलाचौरमा आयोजित कार्यक्रममा उहाँले बिजुली बत्तीको उद्घाटन गर्नुभएको हो ।
यस्तै उहाँले गाउपालिकामा जडान गरिएको डिजिटल बोर्डको पनि उद्घाटन गर्नुभएको छ । कार्यक्रममा संघीय प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला लगाएत बिशिष्ट ब्यक्तिहरु सहभागी हुनुभएको छ ।
केन्द्रिय सरकारको १ करोड ५२ लाख र गाउपालिकाको १ करोड १५ लाख रुपैँयाबाट गाउपालिकामा बिद्युक्त बिस्तारको काम सञ्चालन गरिएको गाउपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो ।