सिद्धकुमाख गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

सल्यान ११, माघ ।
सल्यानको सिद्धकुमाख गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ निराजन माद्यामिक बिद्यालय ढोरचौरको प्रांगणमा प्रतियोगिता शुरु भएको हो । तीन दिन सम्म सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिवल, कवडडी, शटपुट, दौड, लंगजम्प, हाइजम्प र त्रिपलजम्प गरी १८ वटा छुट्टाछुट्टै खेलहरु सञ्चालन भैरहेका छन् ।

खेल क्षेत्रको बिकास गर्न र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले खेलकुद प्रतियोगिताको आयोजना गरिएको गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउने बताउनुभयो । उहाँले खेल क्षेत्रमा गाउपालिकाले लगानी गर्दै आएको बताउनुभयो । खेलमा हारजित स्वभाविक रुपमा हुने हुदाँ कति पनि नआतिएर खेल खेल्न खेलाडीहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले गाउँपालिका भित्रका ६ वटा नै माद्यामिक बिद्यालयबाट प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाइ मर्यादित, अनुशासित र लगनशिल भएर खेल खेल्न आग्रह गर्नुभयो । कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा २ नंं वडाअध्यक्ष रुद्र बुढाथोकी लगाएतकाले बोल्नु भएको थियो ।


प्रतियोगितामा निराजन मावि ढोरचौर, देउराली मावि कुइयाँझोल, नेरा मावि छापडाडा, सिद्ध मावि भडारे, महेन्द्र आदर्श मावि बाँझकाडा र शान्ती सुन्दर मावि खार्वनले सहभागिता जनाएका छन् । यसैबिच शुक्रबार भएका खेलहरु मध्ये १०० मिटर छात्र तर्फ प्रथम कैलाश बुढाथोकी निराजन मावि, द्धितिय विरेन्द्र यरी नेरा मावि र तृतिय हेमराज चलाउने सिद्ध माविका रहेका छन् । यस्तै १०० मिटर छात्रा तर्फ प्रथम मिना बस्नेत शान्ति सुन्दर मावि, द्धितिय अनिता चलाउने सिद्ध मावि र तृतिय सुनिता रोका नेरा माविका रहेका छन् ।

यस्तै ४०० मिटर छात्र तर्फ प्रथम अर्जुन वली निराजन मावि, द्धितियः झक्कु बस्नेत सिद्ध मावि र तृतियः गोविन्द चलाउने शान्ती सुन्दर मावि तथा ४०० मिटर छात्रा तर्फ प्रथम रुपा चलाउने सिद्ध मावि, द्धितिय चम्पा विक देउराली मावि र तृतिय सुनिता बोहरा नेरा माविका रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस