दलित विकास समाज सल्यानको २१ औँ बार्षिक साधारणसभा सम्पन्न

अझै पनि निम्न आय भएका विपन्न परिवारले आर्थिक, सामाजिक लगाएतका विभिन्न चुनौतीको सामाना गरिरहेकाले ती परिवारलाई माथि उकास्नका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभएको हो ।

सल्यान, ९ भदौ ।
सल्यानको शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले निम्न आय भएकालाई माथि उकास्न आवश्यक रहेको बताउनुभएको छ । अझै पनि निम्न आय भएका विपन्न परिवारले आर्थिक, सामाजिक लगाएतका विभिन्न चुनौतीको सामाना गरिरहेकाले ती परिवारलाई माथि उकास्नका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभएको हो ।

दलित विकास समाज सल्यानको शनिवार साहुटोलमा सम्पन्न २१ औँ बार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘हामी समृद्ध नगर, सुखी नगरवासीको शंकल्प सहित अघि बढेका छौँ, निम्न आय भएका परिवारलाई सिप, तालिम, ज्ञान दिन नगरपालिका तयार छ’ उहाँले भन्नुभयो ‘त्यसका लागि व्यक्ति स्वय्मले मेहनत गर्न आवश्यक छ ।’

जनमुखी कामले नतिजा दिनुपर्ने उहाँको भनाइ छ । ‘अझै पनि कहीकतै गाउँटोलमा पुग्न नसकेको भए, नागरिकका केही समस्या भए, कानुनमा टेकेर ती समस्याको समाधान गर्ने प्रतिवद्धता जनाउछु’ उहाँले भन्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, जीविकोपार्जन लगाएतका क्षेत्रमा दलित विकास समाजले गरेको कामको उच्च प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै दलित विकास समाज सल्यानका अध्यक्ष नीम बहादुर नेपालीले समग्र सल्यानको परिवर्तनका लागि संस्थाले काम गर्दै आएको बताउनुभयो । अहिले पनि संस्था मार्फत ५ वटा परियोजना सञ्चालन भैरहेको र यसले जिल्लाको शिक्षा, स्वास्थ्य, जीविकोपार्जनका साथै आर्थिक उपार्जनका क्षेत्रमा टेवा पुगेको उहाँको भनाइ छ ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक विनायक रेग्मी, संस्थाका पुर्वउपाध्यक्ष पुर्णिमा विक, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिव बुद्धि पुन, नेपाल सिआरएस कम्पनीका पिएसइओ किशोर विक्रम सेन, वान हर्ट वल्डवाइजका जिल्ला संयोजक कोषराज भट्ट, रुम टु रिडका कार्यक्रम सहायक तपेन्द्र वली लगाएतले बोल्नुभएको थियो ।

सो अवसरमा संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने चार जना कर्मचारीलाई सम्मान गरिएको छ । जसमा दलित विकास समाजका साक्षरता कार्यक्रम संयोजक टेकराज शाही, एसएमएनएचएस का फिल्ड अधिकृत युवराज थापा, युएसएआइडि÷एआरएच का एडमिन एसोसिएट बिष्णु प्रसाद गौतम र कार्यालय सहयोगी तिला सार्कीलाई प्रशंसापत्रले सम्मान गरिएको छ ।

३४ जना पुरुष र ३४ जना महिला गरेर ६८ जना साधारण सदस्य रहेको यस संस्थामा हाल २९ जना कर्मचारी रहेका छन् । संस्थाका उपाध्यक्ष झिन बहादुर नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव हेमराज विकले गर्नुभएको थियो ।

यसैबीच साधारणसभाले संस्थाका सचिब हेमराज बिकलाइ आउदो असार सम्मको लागि संस्थाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।

प्रतिक्रिया दिनुहोस