वैदेशिक रोजगार भन्ने बित्तिकै एक देशबाट अर्को देशमा गएर कुनै प्रकारको कामका लागि आफूलाई समावेश गर्नुलाई नै वैदेशिक रोजगार भनिन्छ । विशेष गरेर हिन्द महासागरका देशहरू भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल लगायतका नागरिकहरू नै खाडी देशहरूमा गएर काम गर्दछन् र गरिरहेका पनि छन् । खास गरेर यो (बाहिर जाने काम) देशको गरिबी र बेरोजगारीको प्रतिफल नै हो भन्नुमा अत्युक्ति नहोला । खाडी क्षेत्रका केही देशहरूमा सन् १९७० को दशकमा भएका निर्माणको कार्यबाट सिर्जित रोजगारका अवसरमा विदेशी नागारिकहरूको माग बढेको छ ।
र ती देशहरूमा पाइने आकर्षक वेतन तथा अन्य सुविधाबाट प्रभावित भई खासगरी दक्षिण–पूर्वी एसियाली देशहरूबाट ठूलो संख्यामा मानिसहरू मुलुकबाहिर रोजगारीमा जान थालेका हुन् । यसै क्रममा नेपालबाट पनि मानिसहरू ती मुलुकहरूमा जान थालेको देखिन्छ । हुन त नेपालीहरू कामको खोजीमा विदेश जाने क्रम सन् १८१६ को सुगौली सन्धिसँगै सुरू भएको मानिए पनि अत्युक्ति नहोला ।
वैदेशिक रोजगारको थालनी सर्वप्रथम बृटिस तथा भारतीय सेनामा भर्ती भई सैनिक सेवाको माध्यमबाट लगभग दुई शय वर्षभन्दा पहिलेदेखि अर्थात् सन् १८१४ मा नेपाल र इष्ट इण्डिया कम्पनीका बीचमा भएको युद्धको समाप्तिको लगत्तै पछि भएको देखिन्छ । सन् १८१६ मा सम्पन्न सुगौली सन्धिपछि गोरखा रेजिमेन्टको स्थापना भएपछि नेपालीहरूले बृटिस सेनामा काम गर्ने अवसर पाएको ऐतिहासिक रूपमा प्रमाणित छ । यसरी नेपालीहरूले विदेशमा गई रोजगार गर्ने कार्यको थालनी भएको देखिन्छ । (स्रोतः रेणुका मानन्धर, वैदेशिक रोजगार सेवा वर्तमान अवस्था र तत्सम्बन्धी कानुनी प्रावधान, पेज–२)
बाह्य श्रम बजार, विशेषगरी खाडी क्षेत्रको मुलुकहरूमा विकास निर्माणको तीव्रता आउन थालेपछि अपुग अदक्ष श्रमशक्ति आयात गर्ने गरिएको फलस्वरूप नेपालीहरू पनि ती देशहरूमा कामदारको रूपमा जान सुरु गरे ।
विश्वमा गरिब तथा अबिकशित देशहरुबाट बैदेशिक रोजगारी तथा अध्ययनका लागि उच्चआय भयका देशहरुमा आप्रवासनमा जाने जनसंख्याको आकलन गर्दा ३ प्रतिशतको हाराहारीमा रहेको तर नेपालमा अनुपस्थित जनसंख्या करिब ७ दशमलव ५ प्रतिशत हुनाले मुलुकमा आप्रवासनको गहनता दर्शाउँछ । सन् २०२१ को जनगणना अनुसार २१ लाख बढी नेपालीहरु देशबाहिर रहेका छन् जसमा पुरुषको संख्या ८१.३ % र महिलाको संख्या १८.७% रहेको छ (CBS 2022) । बिगत ४ वर्षको आप्रवासन तथ्यांक हेर्ने हो भने हामीलाई थप गम्भीर बनाउछ ।
नेपालबाट बैदेशिक रोजगारीमा जाने दर :-
क्र.स. | बर्ष ई.सन् मा | वृद्धि दर प्रति हजारमा |
१ | २०२३ | ५.०७० |
२ | २०२२ | ४.३५३ |
३ | २०२१ | ३.३३६ |
४ | २०२० | २.९२० |
यसरि समय अगाडी बढ्ने क्रमसंगै बिदेशिने नेपालीको दर उच्च हुदै जानुले देश गम्भीर समस्या तर्फ अगाडी बढेको देखिन्छ। अहिले प्रति एकहजार नेपाली मध्ये पाचजना नेपाली बिदेसिरहेको अबस्था माथिको तालिकाबाट प्रष्ट हुन्छ । भारतको पछिल्नो जनगणना ले त २९ लाख नेपाली भारतमा रहेको दाबी गरेको छ। अहिले हरेक दिन २००० युवा-युवती रोजगारीको लागि देश छोडिरहेका छन र २०२३ मा मात्र ७,५०,००० जना बिदेशीयका छन।
Figure 1: Top Remittance Recipients in South Asia, 2022
नेपाल १५ औ पंचबर्षिय योजनाको अन्तमा छ । रोजगारी सृजना, गरिबी निवारण, उच्च आर्थिक वृद्धि जस्ता उद्देश्य राखियको उक्त योजना पूर्णत असफल भयको छ । हाल देशमा श्रमबजार प्रवेश गर्ने १९.२% युवा जनशक्ति बेरोजगार हुने गरेको छ । अर्कोतर्फ नेपालको अर्थतन्त्र पूर्णत: बिप्रेषनमा निर्भर रहने अबस्थामा पुगेको छ । माथिको तालिका बिस्लेषण गर्ने हो भने सन् २०२२ मा ८.५ खर्ब विप्रेषण नेपाल ले प्राप्त गरेको छ जो कूल ग्राहस्थ उत्पादनको २३.१% हुन आउछ जबकी कृषीक्षेत्रको योगदान २१%, उद्योग १२% रहेको छ । हामी पूर्णत: परनिर्भरता तिर उन्मुख भईरहदा रोजगारीका अवसर मात्र गुमाउदै छैनौ, उत्पदकत्त्व अनि सृजन्शिलता पनि गुमाउदै छौ ।
तसर्थ नेपालले अबलम्बन गरेको हालको नीतिमा आमुल परिबर्तन गरियन भने हामी संकट बाट माथि उठ्न गारो हुने देखिन्छ । दिगो बिकासको लक्ष हासिल गर्न हाम्रोजस्तो कम बिकसित देशले बैदेसिक रोजगारलाई पूर्णत बेवास्ता गर्न बर्तमान समयमा सक्दैन तर यसलाई मर्यादित र योजनबद्ध बनाउन सकिन्छ ।
अदक्ष श्रमिकको निर्यातको साटो दक्ष जनशक्ति तयार गरि विश्व बजारमा रोजगारी प्रबर्धन मात्र गर्न सकियो भने बिप्रेसन ४ गुणाले वढाउन सकिन्छ ।
उत्पादनमा वृद्धि र पुर्बाधारको विकास बिना कुनैपनि राष्ट्रको आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन सक्दैन । हाम्रो अपार सम्भावना रहेको कृषि, उर्जा र पर्यटन क्षेत्र को बिकासका लागि सोहिअनुकुलको शिक्षानीति र योजना अहिलेको आबश्यकता हो । 000