शिक्षा मन्दिरका १७ बालबालिकालाई पोशाक वितरण

वितरण गरिएको पोशाकले बिद्यार्थीलाई नियमित बिद्यालयमा आउने र पठनपाठनका कार्यमा सरिक हुन हौसला मिल्ने उहाँको भनाइ छ ।

सल्यान, ६ चैत ।
सल्यानका १७ जना बालबालिकालाई पोशाक वितरण गरिएको छ । जिल्लाको शारदा नगरपालिका– ५, दुलधारा पोखरामा रहेको शिक्षा मन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत १७ जना बिद्यार्थीलाई मंगलबार बिद्यालय पोशाक वितरण गरिएको हो । बिद्यालयमा शैक्षिक सुधार कार्यक्रम मार्फत शारदा नगरपालिका– ५ नम्बर वडा कार्यालयको सहयोगमा पोशाक वितरण गरिएको हो ।

पोशाक वितरण गर्दै वडाअध्यक्ष प्रदिप शाहीले बिद्यालय शिक्षाको सुधारका लागि आफुहरुले काम गर्दै आएको बताउनुभएको छ । पुर्वाधार विकास भन्दा पनि शिक्षाक्षेत्रको विकासलाई आफुहरुले प्राथमिकता दिएको बताउँदै उहाँले यस बर्षको वडाको वजेटबाट बिद्यार्थीलाई पोशाक वितरण गरिएको बताउनुभयो । वितरण गरिएको पोशाकले बिद्यार्थीलाई नियमित बिद्यालयमा आउने र पठनपाठनका कार्यमा सरिक हुन हौसला मिल्ने उहाँको भनाइ छ ।

यस पटक वडाभित्रका ३ वटा प्राथामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो । सो अवसरमा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बालकृष्ण यरी, प्रधानाध्यापक राजकुमार प्रधान लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित