सल्यानको काभ्रामा निःशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर : १५५ जनाले सेवा लिए

सल्यान, २८ कात्तिक ।
सल्यानको स्वास्थ्य चौकी काभ्रामा निःशुल्क प्राथामिक कान उपचार स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । त्रिवेणी गाउँपालिकाको आयोजना तथा ब्रिनोज कान सामुदायिक सेवा नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा बुधबार काभ्रामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । त्रिवेणी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष दल बहादुर बस्नेतको अध्यक्षता भएको शिविरको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, वडा नं. २ का वडाअध्यक्ष हस्त बहादुर राम्जा लगाएतको सहभागिता रहेको थियो ।

जिल्लामै पहिलोपटक गाउँपालिकाले कान सम्बन्धी स्वास्थ्य शिविर संचालन गरेको र यसले पालिकाबासी लाभान्वित भएको गाउँपालिका अध्यक्ष रावतले बताउनुभयो । कानको स्वास्थ्य समस्या भएकाहरुलाई आवश्यक सामाग्री र औषधी समेत निःशुल्क वितरण गरिएको उहाँले बताउनु भयो । शिविरमा १ सय ५५ जनाले सेवा प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा आएका १६ जना बिरामीहरुलाई रिफर गरिएको ब्रिनोज कान सामुदायिक सेवाका प्रतिनिधि भिषन कुमार चौधरीले जानकारी दिनुभयो ।

यस्तै प्रकृतिको स्वास्थ्य शिविर बिहीबार त्रिबेणी स्वास्थ्य चौकी लुहाममा सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित