बालविवाह अन्त्यका लागि युवाको भुमिका के ?

-विचार-

मानिसका आफ्ना आवश्यकताहरु परिपुर्ति गर्न एकआपसमा समझदारी वनाई लिखित वा अलिखित रुपमा विभिन्न सामाजिक संस्था वा संरचना तयार गरेको हुन्छ जसमध्ये विवाह पनि एक महत्वपुर्ण र प्रमुख विश्वव्यापी समाजिक संस्था हो । विवाह भनेकोे सामाजिक एंवम वैधानिक ढंगले एक हुनुलाई विवाह भनिन्छ । जस्को कर्मलाई समाजले सहजै स्वीकार गरेको हुन्छ । विवाहले यौन चाहना पुरा गर्न, वच्चा जन्माउन र अन्य थुप्रै सामाजिक मुल्य मान्यता लाई अघि वढाउने कार्यमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

मानिस सभ्य र सुसंस्कृत समाज निर्माण गर्न तर्फ उन्मुख हुदै गर्दा स्थापित एक समाजिक सस्था, जुन अहिले जुनसुकै सभ्य मानव समाजमा विद्यमान छ । विवाह गर्नु वा नगर्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । कसैको इच्छा विपरित विवाहका लागि कसैलाई दवाव दिनु, हौसाउनु, विवाह गर्नु गराउनु अपराध संहिताले गैह्रकानुनी मानेको छ, तसर्थ आफुले इच्छाएको व्यक्तिसंग विवाह गरि जीवनयापन गर्न र सुनिश्चित भविष्यको आधारतय गर्न पाउनु उसको अधिकार हो । उक्त अधिकार सुनिश्चिताका लागि प्राय सवै राष्ट्रहरुले विवाहका लागि न्युनतम उमेर तोकेको हुन्छन् । नेपालमा पनि विवाहका लागि न्यनतम उमेर २० वर्ष हुनुपर्ने नेपालको कानुनमा स्पष्ट लेखिएको छ । जस्को अर्थ कानुनी वैधानिकतका लागि विवाह गर्ने पुरुष र महिलाको योग्य उमेर २० वर्ष माथि हुनुपर्छ, २० वर्ष मुनिको विवाहलाई समाजिक अपराध एवंम गैह्रकानुनि मानेको छ ।

नेपालमा गरिने विभिन्न प्रकारका विवाह मध्ये वालविवाह पनि एक हो । वालविवाहलाई कानुनले दण्डनिय अपराधको रुपमा व्यख्या गरेता पनि धर्मका आडमा रजस्वला नभएको छोरीलाई विवाह गरिदिए पुण्य कमाईने, प्रजनन् स्वास्थ्यका विषयमा चेतनाको कमी, छारीलाई जिम्मेवारीको अर्थमा लिनाले पनि अझै वालविवाह समाजमा विद्यमान छ ।

तथ्याङक हे¥यो भने पनि नेपाल वालविवाह धेरै हुने देशहरु मध्यको शिर्ष १० स्थानमा रहेको युनिसेफको २०७६ मा प्रकाशित एक अध्यन प्रतिवेदनमा उल्लेख गरेको छ । दक्षिण एशियामा वंलादेश र भारत पछि तेस्रो स्थानमा नेपाल पर्दछ । नेपालको २०७८ को राष्ट्रिय जनगणना अनुुुुसार ३४.४ प्रतिशतको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा हुने गरेको देखाएको छ । दोस्रोमा २२.३ प्रतिशतको १५ देखि १७ वर्षको उमेर हुनेगरेको देखाएको छ । त्यसै गरि तेस्रो ७ प्रतिशतको १० देखि १४ वर्षको उमेरमा र चौथोमा ०.३ प्रतिशतको १० वर्षमुनिको उमेरमा विवाह हुने तथ्याकले देखाएको छ । २०६८ को राष्ट्रिय जनगणको तथ्याकंमा भन्दा २०७८ को जनगणनाको तथ्याकंमा केहि सुधारको आकाडा आएतापनि प्रर्याप्त सुधार गर्नुपर्ने तथ्याकले औल्याएको छ ।

वालविवाह निरन्तरताका कारणहरु :

– छोरीलाई दायित्व र वोझका रुपमा लिने पितृसत्तात्मक समाज र सोच।
– किशोरकिशोरीका कुराहरु सुनुवाई नहुनु र उनीहरुमा ज्ञानको स्तरमा कमीहुनु ।
– कानुन भन्दा पनि व्यवहारिकतालाई पश्रय दिनु ।
– परम्परागत रुपमै चलि आएका संस्कारलाई छोड्न नसक्नु।
– विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन नहुनु।
– प्रजनन् स्वास्थ्यमा पर्ने असरका विषयमा ज्ञान नहुनु ।
– वैवाहिक कार्यमा वुवाआमाको निर्णायक भुमिका हुनु ।
– वालविवाह कानुजी अपराध हो भन्ने कुराको जानकारीमा कमी हुनु ।
– वालविवाहलाई समाजले सहजै स्विकार गर्नु ।
– अन्तर समुह विच प्रजनन्का साथै सामाजिक मुल्यमान्यताको अर्थ र फरक छुट्टाउन नसक्नु आदि ।

विश्वस्तरमै वालविवाहलाई दिगो विकास लक्ष्य प्राप्तिका लागि वाधकको रुपमा पहिचान गरेको हुदा सन् २०३० भित्र वालविवाह अन्त्य गर्न नेपालले पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका महासन्धि तथा प्रतिवद्धताहरुमा हस्ताक्षर गरि वालविवाह अन्त्यका लागि निरन्तर काम गरिरहेको छ । तसर्थ नेपालले वालविवाह विरुद्धको रणनिति २०७२ कार्यान्वयनमा ल्याएको छ । वालविवाहलाई अन्त्य गर्न सरकार र संघसस्थाहरुले “विहेवारी २० वर्षपारी” का अभियानहरु संचालन गर्दै आयतापनि उल्लेख्य प्रगति भने हासिल गर्न नसकेको देखिन्छ ।

वालविवाहका कारण विचमा विद्यालय छोडने गरेको, घरेलु हिंसा र सम्वन्ध विच्छेदका घटनाहरु घट्ने गरेको, विवाह दर्ता र जन्म दर्ता जस्ता कानुनी जटिलता देखिएको, शारिरिक, मानसिक असर पर्ने गरेको छ । जव पढ्ने लेख्ने उमेरका किशोरकिशोरीहरुको विवाह गरिन्छ उनिहरु घरव्यवहार, सामाजिक तथा सास्कृतिक व्यवहारमा फस्न थाल्छन, उनीहरु विभिन्न समस्याहरु जस्तै स्वास्थ्य समस्या, यौन दुव्र्यवहार वाट प्रताडित हुन थाल्दछन र उनीहरुले आफ्नो मर्यादित जीवनयापन गर्न असम्भव हुने गर्दछ ।

र यस्तो अवस्थामा समृद्ध, समुन्नत समाज अनि राष्ट्रको परिकल्पना गर्न कतिको सार्थक होला ? मनन् गर्न आवश्यक छ । भनिन्छ “यदि कसैले १०० औँ वर्षको समृद्धि चाहन्छ भने वालवालिकामा लगानी गर्नुपर्दछ भन्ने यर्थातपरक भनाईलाई आत्मसाथ गर्दै वालविवाह गर्नु र गराउनु जीवन र लक्ष्यको वर्वादी गर्नु हो भन्ने कुरा बुझ्नु, वालविवाह अन्त्यका लागि हामी सवैको एक्येवद्धता हुनु आजको अपरिहार्यता वनेको छ ।

वालविवाह अन्त्यका लागि युवाको भुमिका के ?

राष्ट्रिय युवा निति २०७२ ले युवा शक्तिलाई परिवर्तनको संवाहक शक्तिका रुपमा चित्रित गरेको छ । नेपालको कुल जनसख्याको ४० प्रतिशत हिस्सा रहेको जनशक्तिलाई युवा नितिले समाजमा विद्यमान गरिवि, अशिक्षा, छुवाछुत, समाजिक कुरिति, लैगिंक हिंसा, विभेद जस्ता समस्या हटाउन अनि समाजप्रति उत्तरदायी, जवाफदेही गराउन युवा परिचालनका लागि लिएको नितिको मर्म अनुरुप युवाको आधारभुत अधिकारको प्रत्यभुत गर्दै युवा सशक्तिकरणका माध्यमवाट युवाको नेतृत्वदायि भुमिका प्रभावकारी वनाउन सके समाजमा रहेका कुसंस्कृतिहरु जसमध्ये समाजको कंलकको रुपमा रहेको वालविवाह लगाएतका हानिकारक संस्कारका अदृश्य पर्खालहरु भत्काउन सहज हुन्छ ।

युवा नितिले १६ देखि ४० को उमेर समुहलाई युवाको रुपमा व्याख्या गरेको र युवाआफैमा किशोरावस्थालाई अनुभुति गर्न सक्नेहुदा किशोरावस्थामा शारिरीक र मानसिक परिवर्तनले निम्त्याउने समस्यालाई कस्ता क्रियाकलापले समाधान गर्न सकिन्छ भन्ने बारेमा लाग्न जरुरी छ । यस्तै समयसापेक्ष रणनितिक योजना वनाई युवाको परिचालन प्रभावकारी वनाउन सके वालविवाह जस्तो कानुनी तथा सामाजिक अपराधलाई रोकि सुसंस्कृत समाज स्थापित गर्न सक्षम हुनेमा आशावादी हुन सकिन्छ । 000

 

महेश हिताङ्ग लामो समयदेखी सामाजिक कार्यमा सक्रिय रहदैँ आउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस