त्रिबेणी गाउँपालिकामा पशु स्वास्थ्य शिविर : ४६५३ पशुपंक्षिको उपचार

सल्यान, २२ फागुन ।
सल्यानको त्रिबेणी गाउँपालिका वडा नम्बर ४ पुरानो दरवारमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका पशु सेवा शाखा सल्यानको आयोजनामा बिहीबार एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १ सय ९२ जना कृषकहरुका ४६५३ पशुपन्छीको उपचार तथा औषधी बितरण गरिएको त्रिबेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।

शिविरमा गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सिता खड्का पुन, त्रिबेणी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष छविराज शर्मा लगाएन पशु प्राविधिक टोली सहभागि भएको थियो । कृषकहरुको सहजताको लागि घरदैलोमा पुगेर उनीहरुले पालेका पशुबस्तुको परिक्षण, जाँच तथा उपचारका साथै औषधि बितरण गरिएको त्रिबेणी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस