
सल्यान, २ बैशाख ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ को चौथो वडाअध्यक्ष कपको उद्घाटन पुर्वमन्त्री प्रकाश ज्वालाले गर्नु भएको छ । सल्यान पश्चिमको बनगाड कुपिण्डे नगरपालिकामा विभिन्न वडाहरुमा वडा कपको चटारो रहेको छ । सबै वडाहरुमा यतिखेर धमाधम वडा कप सञ्चालन भैरहेको छ । त्यसैको शिलशिलामा आज ६ नं वडाको बनगाड क्याम्पस बनगाड सल्यानको प्राङ्गणमा सो वडाको वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन भएको छ ।
बैशाख ६ गते देखि सञ्चालन हुन गैइरहेको मेयर कपको तयारीको लागि वडाहरुले यतिखेर वडा कप सञ्चालन हुन गराइरहेका छन् । वडा कप उद्घाटन सत्रमा सल्यानबाट निर्वाचित प्रतिनिधि सभाका सांसद तथा पुर्वमन्त्री ज्वालाले खेलकुद क्षेत्र, खेलकुदका पुर्वाधार, खेलमैदानहरु नै राज्यको प्रमुख प्राथमिकता नपर्ने गरेको बताउनुभएको छ । खेलकुद क्षेत्रमा विशेष गरि राज्य नै गम्भीर नभएको उहाँको भनाइ रहेको छ ।
समग्र सल्यान पश्चिमको विकास निर्माण, सडक, विद्युतिकरण, खानेपानी, शिक्षा र स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको सुमिचित विकासका लागि स्थानीय तह, प्रदेश र संघ सरकारको समन्वयमा अघि वढाउनुपर्ने र आवश्यकताका आधारमा योजना छनौट हुनुपर्नेमा जोड रहेको थियोे । अहिलेको मुख्य समस्या भनेको वेरोजगारि, कुशासन र भ्रष्टाचार रहेको छ, यसलाई निराकरण गर्ने कुरामा ज्वालाको जोड थियोे ।
वडा अध्यक्ष कपको उद्घाटन कार्यक्रममा नगरप्रमुख कर्ण वहादुर वुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्य, नेपाली कांग्रेसका पार्टी प्रतिनिधि राम वहादुर वस्नेत, नेकपा एमालेका मेवालाल पुन, नेकपा माओवादी केन्द्र पुर्ण वहादुर वुढा, नेकपा एकीकृत समाजवादी पार्टीका नगर सह इन्चार्ज टोप वहादुर विष्ट लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । वडा अध्यक्ष गणेश विसीको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव दुर्गा उपाध्यायले गर्नु भएको थियोे ।