सल्यान, १२ बैशाख ।
सल्यानमा सञ्चालित क्रिकेट प्रतियोगितामा शनिवार सेमिफाइनल खेल हुने भएका छन् । लिग चरणका खेल सकिएसँगै लुहापिङ खेल मैदानमा समिफाइनलका दुई खेल हुने भएका हुन् । जसमा समुह ए को विजेता बागचौर नगरपालिकासँग समुह बि को उपविजेता शारदा नगरपालिकाले सेमिफाइनल खेल्दै छ । यो खेल बिहान ८ वजेदेखी सुरु हुनेछ । बागचौर अघिल्लो मेयर कपको उपाधि विजेता हो ।
यस्तै समुह बि को विजेता कुमाख गाउँपालिकासँग समुह ए को उपविजेता त्रिबेणी गाउँपालिकाले खेल्दै छ । यो खेल दिउँसो १ वजेबाट सुरु हुदैँ छ । शुक्रवार भएको लिग चरणको अन्तिम खेलमा कुमाख गाउँपालिकाले शारदा नगरपालिकालाई ४ विकेटले हराउँदै समुह विजेता वनेको हो । सेमिफाइनलमा विजयी हुने दुई टोली फाइनलमा प्रवेश गर्ने छन् भने पराजित दुई टोली घर फर्किने छ ।
शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा भएको दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आइतवार हुने छ । विजेताले एक लाख नगद तथा उपविजेताले पचाँस हजार नगद प्राप्त गर्ने छ ।