एसीसी मेन्स यू–१६ इष्ट जोन कप २०२५ का लागि सल्यानको टोली घोषणा

 

सल्यान, २९ बैशाख ।

एसीसी मेन्स यू–१६ इष्ट जोन कप २५ का लागि सल्यानको टोली घोषणा गरिएको छ । जिल्लाको सदरमुकाम खलंगामा दुईदिनसम्म चलेको छनौट प्रतियोगिताबाट १४ सदस्यीय जिल्लास्तरीय यू–१६ टिम घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ ९क्यान० अन्तर्गत सल्यान जिल्ला क्रिकेट संघको आयोजनामा सम्पन्न जिल्ला स्तरीय छनौट प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले प्रदेश स्तरीय टुर्नामेण्टमा जिल्लाबाट प्रतिनिधित्व गर्दै खेल्न पाउने छन् । जिल्लाको टिम घोषणा गरिएको र अव टिम क्याप्टेन घोषणा गरेर प्रदेशस्तरीय छनौटमा सहभागि हुने गरि तयारी गरिएको जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले जानकारी दिनुभयो ।

टोलीमा सुमित भण्डारी (विकेट किपर), मिशन बस्नेत, अनिश डाँगी, विष्णु वली, कुशल डाँगी, विमोचन थापा, जोखिराम केसी, सन्देश वली पर्नुभएको छ । यस्तै देवराज वली, सुर्य सुनार, प्रिन्स सेजवाल, अमर बस्नेत, सागर बस्नेत र आर्यन सेजवाल पनि टिममा अटाउनुभएको छ । महेश बटाला, गोविन्द वली, रमित बिष्ट र विश्वास थापा वैकल्पिकमा पर्नुभएको छ । टिम प्रशिक्षकमा कुल बहादुर थापा र टिम व्यवस्थापकमा यज्ञ बहादुर खड्का रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस