भेरी किनारको कथा – भासिएको पुल : थिचिएको जनजीवन !

‘यहाँका तीनसय बस्तीका लागि झोलुंगे पुल भन्दा अरु विकल्प छैन्, नगरप्रमुख नै आएर स्थलगत निरिक्षण गर्नुभएको थियो, पुल मर्मतसम्भारका लागि धेरै ठाउँमा आवाज उठाए तर सुनुवाई भएन्’ वडाअध्यक्ष खत्रीले भन्नुभयो ‘मेरो आवाज सुनिदिने कोही छैन् ।’ स्थानीय सरोकारवाला संस्था, नागरिक समाज तथा सञ्चार माध्यमले पटक–पटक खबरदारी गरिसकेका छन् । तर अझैसम्म कुनै ठोस योजना सार्वजनिक गरिएको छैन् । पुलको अभावले स्थानीय अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ ।

सल्यान, ११ साउन ।
‘पुल भासिएको पनि तीन वर्ष भयो, हरेक दिन हिड्नुपर्ने बाटो यही हो, डर त लाग्छ, तर विकल्पै छैन’ यो भनाइ हो, सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–२ का स्थानीय गोपिलाल शर्माको । उहाँको मात्र होइन, बामे क्षेत्रका बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्ले लगायतका गाउँका करिब तीन सय घरधुरीको साझा पीडा यही हो । यी सबै गाउँका बासिन्दाले भेरी नदीमा रहेको एउटै झोलुंगे पुल प्रयोग गर्थे, जुन तीन वर्षदेखि जिर्ण र भासिएको अवस्थामा छ ।

२०७२ सालमा बीबीएलएल नामक संस्थाको आर्थिक सहयोगमा निर्माण भएको उक्त पुल, तत्कालीन समयमा यस क्षेत्रकै महत्वपूर्ण पूर्वाधार मानिन्थ्यो । झन्डै १५७ मिटर लामो पुलले स्थानीय बासिन्दालाई बजार, विद्यालय, अस्पताल तथा सरकारी सेवा–सुविधामा सहज पहुँच दिलाएको थियो । तर, तीन वर्षअघि भेरी नदिमा आएको भेलले पुलको पिलर भासियो । त्यसयता पुल मर्मतको नाममा कुनै काम भएको छैन् ।

पुल अहिले पनि त्यही छ । बीच भाग भेरी नदीको सतहमै झुन्डिएको छ । दायाँबायाँ भाग निकै जीर्ण र जोखिमपुर्ण छ । स्थानीय मालती रानाले जीर्ण पुलका कारण भेरी नदि वारपार गर्न सकस पर्ने गरेको बताउनुभयो । उहाँजस्तै थुप्रै किसान, विद्यार्थी, महिलाहरू र बृद्धबृद्धा जोखिम मोलेर पुल पार गर्छन् । कहिलेकाहीँ त पशु समेत लगेर यही पुलबाट नदी तर्नु पर्छ । कुनैदिन नदीमा भेल बढेपछि त उनीहरूलाई आफ्नै गाउँमै थुनिनुपर्ने अवस्था आउँछ ।

बामेको तल्लो क्षेत्रमा आधारभूत तहसम्म मात्रै पठनपाठन हुन्छ । माथिल्लो कक्षामा पढन् यहाँका बालबालिका त्यही भेरी नदिको जीर्ण पुल तरेर जाजरकोटको शिवालय गाउँपालिका–१ छेडावजार जानुपर्छ । यहाँका स्थानीय किनमेल गर्न, औषधि उपचार गर्न वा आफ्नै नगरपालिकाको केन्द्र सल्लीवजार आउन पनि त्यही जीर्ण पुलको प्रयोग गर्नुपर्छ । वारी सल्यान, पारी जाजरकोट भएपनि सल्यानकै भागबाट निकास नहुदा स्थानीयलाई पुल तर्नैपर्ने बाध्यता छ ।

सरकारी बेवास्ता : ‘तीन वर्षमा पनि भएन् मर्मत’

भासिएको पुलको मर्मतका लागि पटक–पटक नगरपालिका, प्रदेश सरकार, संघीय निकायसम्म अनुरोध गरिएको छ । तर सुनुवाइ भएको छैन् । २०८० असोजमा उर्लिएको भेरी नदिले झोलुंगे पुलमा क्षति गरेको थियो । वनगाड कुपिण्डे नगरपालिका–२ का वडा अध्यक्ष मान बहादुर खत्री भन्नुहुन्छ ‘तीन वर्षसम्म कुनै वास्ता नहुनु सरकारको उदासीनता हो, मैले नगरपालिका हुदैँ प्रदेशका माननीयहरूसँग कुरा उठाएँ, तर कसैले चासो दिएनन् ।’

उहाँका अनुसार वडाको वार्षिक बजेटले यति ठूलो संरचना मर्मत गर्न सक्दैन् । पालिकामा योजना पेश गरे पनि बजेट स्वीकृत नहुँदा काम अघि बढ्न सकेको छैन् । प्राकृतिक प्रकोप नियन्त्रण सम्बन्धी निकायहरूले हरेक वर्ष बाढीको जोखिम बढेको बताउँछन् । सल्यान, जाजरकोट र रुकुम पूर्व–पश्चिम जाने यात्रा मार्गमा पर्ने यो नदीको बहाफ वर्षायाममा निकै तीव्र हुन्छ । जुनसुकै बेला नदीले फेरि पनि पुल बगाउने वा यात्रु दुर्घटनामा पर्ने खतरा उच्च छ ।

‘यहाँका तीनसय बस्तीका लागि झोलुंगे पुल भन्दा अरु विकल्प छैन्, नगरप्रमुख नै आएर स्थलगत निरिक्षण गर्नुभएको थियो, पुल मर्मतसम्भारका लागि धेरै ठाउँमा आवाज उठाए तर सुनुवाई भएन्’ वडाअध्यक्ष खत्रीले भन्नुभयो ‘मेरो आवाज सुनिदिने कोही छैन् ।’ स्थानीय सरोकारवाला संस्था, नागरिक समाज तथा सञ्चार माध्यमले पटक–पटक खबरदारी गरिसकेका छन् । तर अझैसम्म कुनै ठोस योजना सार्वजनिक गरिएको छैन् । पुलको अभावले स्थानीय अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ ।

कृषकहरूले आफ्ना उत्पादन समयमै बजारमा पु¥याउन सक्दैनन्, जसले गर्दा मूल्यमा गिरावट आउँछ । व्यापारीहरू सामान पु¥याउन डराउँछन्, जसले गर्दा उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन्छ । अर्कोतर्फ, विद्यार्थीहरूले दैनिक विद्यालय आवतजावतमा समस्या झेलिरहेका छन् भने स्वास्थ्य सेवामा पहुँच कम हुँदा गर्भवती महिलादेखि दीर्घरोगी बिरामीहरू प्रभावित छन् । ‘सङ्घीयता’ को नाममा विकास गाउँगाउँ पुगेको दाबी गर्ने सरकार किन यस्तो सानो पूर्वाधार मर्मत गर्न सक्दैन् ? यो प्रश्न दिनहुँ जसो स्थानीय बासिन्दाको मनमा उठिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस