सल्यानका १३२८ बिद्यार्थीले दिदैँ एसईईको ग्रेडबृद्धि परिक्षा, चार बिद्यालयमा परिक्षा केन्द्र निर्धारण

 

सल्यान, २५ साउन ।

सल्यानमा माध्यमिक शिक्षा परीक्षा एसइईमा नन ग्रेडेड भएका विद्यार्थीहरूले चार वटा विद्यालयबाट ग्रेड वृद्धि परीक्षा दिन लागेका छन् । यही साउन २९ गतेदेखि सुरु हुने ग्रेडवृद्धि परीक्षामा जिल्लाका चार वटा विद्यालयबाट परीक्षार्थीले परीक्षा दिन लागेका हुन् । यसका लागि त्रिभुवन जन माध्यमिक बिद्यालय लुहापिङ, शिवजन माध्यमिक बिद्यालय शितलपाटी, त्रिभुवन जनता माध्यमिक बिद्यालय भोटेचौर र जनकल्याण माध्यमिक बिद्यालय थारमारेमा परिक्षा केन्द्र तोकिएको छ ।

परिक्षामा नन ग्रेडेड भएका एक हजार तीन सय २८ जना बिद्यार्थी सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई सल्यानले जनाएको छ । कार्यालयका सूचना अधिकारी कपिल कुमार जोशीका अनुसार एसईई पुरक परिक्षाको तयारी तिव्र पारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस