दुःखद खबर : बाख्रा चराउन गएको बेला भिरबाट लडेर सल्यानमा एक महिलाको मृत्यु

सल्यान, १० भदौ ।
सल्यानमा बाख्रा चराउन जंगल गएको बेला भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका ९ परिलेख बस्ने गोपाल बस्नेतकी २४ बर्षिया श्रीमती दिपा वली बस्नेतको बाख्रा चराउन जंगल गएको बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार बेलुका साढेँ ५ वजेतीर मोखल्यान सामुदायिक वनमा बाख्रा चराइ घर फर्किने क्रममा भिरबाट करिब ५०० मिटर तल लडि टाउकोमा गहिरो चोट लागेको थियो । घाइतेको राती ९ बजे जनप्रिय पोलिक्लिनिक थारमारेमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन । शवको पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

मृतकका श्रीमान बैदेशिक रोजगारीका शिलशिलामा हाल विदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस