स्यानीखालमा पशु स्वास्थ्य शिविर : एकैदिन ३९३ पशुपंक्षिको उपचार

सल्यान, ३ मंसिर ।
सल्यानको शारदा नगरपालिका–१३ स्यानीखालमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शारदा नगरपालिका पशु सेवा शाखाको आयोजनामा स्यानीखालमा भएको शिविरमा एकैदिन ३९३ वटा पशुपंक्षिको उपचार गरिएको हो । जसमा गाईगोरु ३ वटा, भेडाबाख्रा २३६ वटा, राँगाभैसी ४ वटा, कुखुरा हाँस १३९, बाँदर १ वटा र कुकुर १० वटाको उपचार गरिएको छ ।

शिविरमा पशु प्राविधिक मधुसुदन उपाध्याय, रञ्जना भण्डारी र कमला खड्काले सेवा दिनुभएको थियो । शारदा नगरपालिका–१३ का वडाअध्यक्ष जंग बहादुर बुढाले पशुपंक्षिपालक किसानको सहजताको लागि आफ्नै गाउँठाउँमा शिविर सञ्चालन गरिएको बताउनुभयो । गाउँमै पशु स्वास्थ्य सेवा पाएपछि किसान खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस