सिम्ताको जामुने वजारमा श्रष्टाहरुको गुञ्जायमान

सल्यान टुडे,
दुर्गा वि सी सल्यान १३, कार्तिक ।
सिम्ताली एकता समाज नेपालको सिम्ताली सन्देश पत्रिका विमोचन तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सुर्खेत सिम्ताको जामुनेवजारमा भएको कार्यक्रममा सल्यान र सुर्खेतका साहित्य श्रष्टाले हल गुञ्जयमान वनाएका थिए । सिम्ताली एकता समाज नेपाललले आयोजना गरेको उक्त कार्यक्रमा दर्जन वढि श्रष्टाले कविता,गजल,मुक्तक वाचन गरेका थिए । सिम्ताली सन्देश पत्रिकाको ८ औ अंक विमोचनसँगै उक्त सन्देशले साहित्यको उजागर गरेको ठहर गरेका थिए । मुक्तक र गजलबाट शासन व्यवस्था समालिरहेका अग्रजलाई व्याग्य समेत गरिएको थिए ।

गाउँपालीका अध्यक्ष कविन्द्र कुमार के.सी.को प्रमुख आतिथ्यमा भएको विमोचना समारोह तथा साहित्यिक कार्यक्रममा सिम्ताली एकता समाज नेपालका उपाध्यक्ष लक्ष्मी वि।सीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमा स्थानीय साहित्यिक सर्जक रमेश चन्द ‘कुशुम, ललीत सिहं,थमन अधिकारी,शिवराज वि।सी,लोकश जलन,लील वहादुर नेपाली,विनोद हमाल र कोकला सिंह लगाएतका श्रष्टाहरुले सिम्ताको जामुने वजार गुञ्जायमान गराएका थिए । साथै सिम्ताली सन्देशको समिक्षा विष्णु महताराले गर्नु भएको थियो । पत्रिकाका निवर्तमान अध्यक्ष धुव्र वहादुर सिंह,संस्थापक अध्यक्ष गगण सिं ठकुरीले सिम्ताली एकतालाई मजवुद वनाउन चिनो र पहिचानका रुपमा स्थापीत हुन सफल भएको जनाउनु भएको थियो ।

त्यसै गरि गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के।सि।ले भने साहित्यक उजागर गर्न आफ्नो तर्फबाट सहयोग हुने जनाउनु भएको छ । सिम्ताको सम्बृद्धिमा हातमा हात दिन आफु तयार रहेको जनाउनु भएको छ । सिम्ताली सन्देशले पनि साहित्यबाटै सिम्ताको हरेक पाटोलाई उजागर गर्न सक्ने वन्न शुभकामना दिनु भएको छ । कार्यक्रममा सिम्ता वहुमुखि क्याम्पसका प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथी वकिल वस्नेत,मोहन चन्द लगाएतका वक्ताहरुले धारण राख्नु भएको थियो । सिम्ताली एकता समाज नेपालका अध्यक्ष सुवास वि।सीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिव भरत गिरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस