निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला

सल्यान ७, फागुन ।
सल्यानको खलंगा स्थित त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङ खलंगामा चौथो निर्वाचन दिवस २०७६ को अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । निर्वाचन कार्यालय सल्यानको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । “निर्वाचन र लोकतन्त्र“ बिषयमा बक्तृत्वकला प्रतियोगिता भएको छ । कार्यक्रमको अध्यक्षता गर्नु भएका जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले निर्वाचन दिवस २०७६ तथा मतदाता नामावली सप्ताहका साथै उक्त वक्तृत्वकला प्रतियोगताका बारे प्रकाश पार्नु भएको थियो । ७ जना सहभागीहरुले प्रतियोगितामा भाग लिनु भएको थियो ।

प्रतियोगितामा कक्षा ९ मा अध्यनरत विकास पुन प्रथम, कक्षा ११ का मोहन बिक द्वितिय तथा कक्षा ११ मा अध्यनरत बबिता गिरी तृतिय भएकी छन् । बिजेताहरु प्रथमलाई रु.२५००।, दितियलाई रु.२०००। र तृतियलाई रु.१५०० पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम संचालन जिल्ला निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर तेजेन्द्र कुमार चन्दले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस