सल्यान, २१ भदौ ।
सबै नागरिकलाई स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउदैँ गुणस्तर सुधार गर्न आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागिताले जोड दिएका छन् । उनीहरुले स्वास्थ्य नागरिकको मौलिक अधिकारसँग जोडिएकाले सबै नागरिकको पहुँचमा स्वास्थ्य क्षेत्र हुने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् । यूएसएआईडिको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्यका लागि सक्षम प्रणाली अन्र्तगत सल्यानको खलंगामा सोमवार आयोजित स्वास्थ्य आपतकालीन प्रतिकार्य परियोजना समापन कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख असविर बुढाथोकीले स्वास्थ्य सेवाको पहुँचमा सबै नागरिकलाई समावेश गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई थप स्तरीय बनाउदैँ उपचारका लागि आएका नागरिक खाली हात फर्कन नपर्ने गरी नितिगत रुपमा सुधार गरिनुपर्ने बताउनुभएको हो ।
यस्तै कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले कुनैपनि नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित नहुने गरि नितिगत रुपमा नै सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै त्रिबेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले स्वास्थ्य क्षेत्रमा ससाना कामको थालनी भएको र स्वास्थ्यकर्मीलाई पनि दक्ष बनाउन आवश्यक सिप तथा तालिमको व्यवस्था भैरहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्वास्थ्य क्षेत्रको सुधार र स्तरीय सेवा बनाउनको लागि सबै क्षेत्रको भूमिका महत्वपुर्ण भएको बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरी, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, कुमाख गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल ठकुरी लगाएतको सहभागिता रहेको थियो ।
जिल्लामा स्वास्थ्य आपतकालीन प्रतिकार्य परियोजना मार्फत जिल्लाका सबै पालिकाहरुमा स्वास्थ्य ऐन निर्माणमा भएको, पालिकास्तरमा स्वास्थ्य निति निर्माण भएको, विपद प्रतिकार्य योजना निर्माणमा सहयोग गरेको जनाइएको छ । स्वास्थ्यका लागि सक्षम प्रणालीका सिनियर टेक्निकल अफिसर हरि ढकालले मातृ नवशिशु तथा बाल स्वास्थ्य सम्बन्धि, सुचना ब्यवस्थापन प्रणाली लगाएतका विविध बिषयमा काम गरिएको बताउनुभयो ।
यस्तै परियोजनाका छत्र राज भट्टले जिल्लामा रहदाँ कोरोना भाइरसबाट बच्नको लागि आवश्यक तयारी तथा प्रतिकार्यका योजना सञ्चालन गरिनुका सबै समग्र स्वास्थ्य क्षेत्रलाई सुधारको लागि महत्वपुर्ण काम गरिएको बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक तारा रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सुचना अधिकारी थलराज डिसीले गर्नुभएको थियो ।