१ सय घुरधुरीलाई निशुल्क ग्यास चुलो वितरण

सल्यान टुडे
सल्यान ३ कार्तिक ।

दाउराको खपतलाई कम गर्न सल्यानमा ग्यास चुलो वितरण गरिएको छ । जिल्लामा रहेका ३ वटा सामुदायीक वनले एक सय घरधुरी उपभोक्तालाई ग्यास चुलो वितरण गरेका हुन् । जिल्लाको शारदा नगरपालिका १३ मा रहेका जामुने बिसौनी सामुदायीक वन उपभोक्ता समिती, फुलबारी सामुदायीक वन उपभोक्ता समिती र साल्नेटा सामुदायीक वन उपभोक्ता समितीले आफ्नो वन उपभोग गर्ने सदस्यलाई प्रतिघर निशुल्क ग्यास चुलो वितरण गरेका हुन् ।

सामुदायिक बनको लागतमा बिपन्न र पिछडिएको घरपरिवारमा ग्यास बितरण गरिएको बन उपभोक्ता समितीका अध्यक्ष सिप बहादुर बुढाथोकीले बताउनुभयो । उहाँले बन जंगलको प्रयोग बढ्दै गएको अबस्थामा ग्यास चुलो बितरणले दाउरा खपतमा केही राहत मिल्ने बताउनभयो । उहाँले बनजंगलको प्रयोग कम गर्न र दाउराबाट निस्कने धुँवाले समेत स्वास्थ्यमा असर गर्ने भएकाले त्यसलाई समेत कम गर्न ग्यास चुलो बितरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस