नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

सल्यान, १३ असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर ४ मा निर्मित वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमको विच नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, वडा नम्बर ४ का वडाअध्यक्ष पुष्कर बुढा, वडा नं. ५ का वडा अध्यक्ष पिउमले खत्री, वडा नं. ६ का वडा अध्यक्ष गणेशबहादुर बुढाक्षेत्री लगाएतको सहभागिता रहेको थियो ।

वडा कार्यालय भवन उद्घाटन गर्दै नगरप्रमुख बुढाथोकीले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राहीलाई गुणस्तरीय, प्रभावकारी र सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकारको संस्थागत सुदृढीकरण तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

वनगाड कुपिण्डे नगरपालिकाले वडा नं. ४ को वडा कार्यालय भवनसहित हालसम्म १० वटा वडाका प्रशासनिक भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस