विपद् प्रभावितका लागि मोर्डन तुलसी माध्यमिक विद्यालयको १ लाख रुपैयाँभन्दा बढी सहयोग

सल्यान, १७ भदौ ।
सल्यानको शारदा नगरपालिका–१, शीतलपाटीस्थित मोर्डन तुलसी माध्यमिक विद्यालयले विपद् प्रभावितका लागि १ लाख रुपैयाँभन्दा बढी राहत सहयोग गरेको छ । विद्यालयका अनुसार विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालयका संस्थापकहरूबाट संकलित रकम विपद् प्रभावित परिवारको राहतका लागि सहयोग गरिएको हो । विद्यालयका विद्यार्थीहरूबाट ८ हजार ५ सय ७० रुपैयाँ, शिक्षक तथा स्टाफबाट २३ हजार रुपैयाँ र विद्यालयका संस्थापकहरूबाट ६८ हजार ९ सय ३५ रुपैयाँ सहयोग गरिएको हो ।

विद्यालयले कुल १ लाख पाँच सय पाँच रुपैयाँ सहयोग गरेको जनाएको छ । विपद्को कठिन समयमा गरिएको सानो सहयोगले प्रभावित परिवारका लागि ठूलो आशा बन्न सक्ने भन्दै विद्यालयका सञ्चालक दिपेन्द्र डाँगीले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सहयोग गरेको बताउनुभयो । यस बिद्यालयले विगत देखी नै सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस