टि ट्वान्टी क्रीकेट प्रतियोगिताको उपाधी शारदा वारियर्सलाई

सल्यान टुडे
सल्यान ३ कार्तिक

सल्यानमा सम्पन्न दोस्रो जिल्ला स्तरिय टि ट्वान्टी क्रीकेट प्रतियोगिताको उपाधी शारदा वारियर्सले जितेको छ । शनिबार सदरमुकाम खलंगाको लुहापिङ मैदानमा सम्पन्न प्रतियोगितामा शारदा वारियर्सले टिम कपुरकोटलाइ ३ विकेटले पराजित गर्दै उपाधी जितेको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको टिम कपुरकोटले निर्धारित २० ओभरमा आफ्नो ९ विकेट गुमाउदै १३४ रनको योगफल तयार गरेको थियो । १३५ रनको मध्यम लक्ष्य पछाएको वारियर्सले १९.५ ओभरमा ७ विकेट गुमाउदै बिजय लक्ष्य पुरा गरेको थियो । २० औ ओभरको रोमान्चक खेलको अन्तिम बलमा जितका लागी ३ रनका खाचो हुदै गर्दा कपुरकोटका भुपेन्द्र यरिले वाइड बल दिदा विकेट किपरले बल लाइ नियन्त्रणमा लिन नसक्दा बलले सिमा रेखा पार गर्दा टिम कपुरकोट उपाधी चुम्न असफल भयो र वारियर्सले ३ विकेट ले बिजयी हासिल गर्यो ।

उक्त खेलमा अल राउन्ड प्रदर्शन गरेका वारियर्सका अपत्यारिलो जित दिलाउने पारी खेलेका रबिन बुढाथोकी म्यान अफ दि म्याच घोषित हुनुभयो । प्रतियोगिताको उत्कृष्ट बलर कपुरकोटका बिकाश शर्मा, उत्कृष्ट ब्याट्सम्यान टिम शानपा १२ का भरत वलि, राइजिङ प्लेयर कपुरकोटका आयुश शर्मा र खेल प्रतियोगिता अबधी भर उत्कृष्ट खेलाडी म्यान अफ दि सिरिज आशिस सिंह घोषित हुनुभयो ।
उपाधी बिजेता शारदा वारियर्सले नगत २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपबिजेता कपुरकोटले नगत ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।

असोज २८ गते देखि जारी क्रीकेट प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको सल्यान क्रीकेट संघका अध्यक्ष सबिन हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस