राष्ट्रको सर्वाङगिन विकास : युवा र मदिरा

 


सल्यान टुडे,

सिर्जनशिल एवं उत्पादनशिल कार्यमा सहभागी भई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवाललाई आत्म साथ गर्दै देशको सर्वाङगिन विकासमा योगदान दिनुपर्ने जिम्मेवारी युवाको काँधमा आएको छ । सामाजिक, आर्थिक, सास्ंकृतिक र राजनितिक रुपान्तणका लागि विगत लामो समय देखी युवाहरुले पहलकदमी लिदै आएता पनि सोचे जस्तो उपलब्धी हासिल गर्न सकिएको छैन ।

तसर्थ राज्यका हरेक निति निमार्ण एवं कार्यन्वयन तहमा युवाको पहुँच, प्रतिनिधित्व र पहिचानलाई सुनिश्चित गर्न आवश्यक छ । युवा भित्र रहेको जोश, जागर र सिर्जनतशिलतालाई समृद्ध नेपाल निमार्ण गर्ने युगिन कार्यमा सहि सदुपयोग गर्नुपर्ने आवश्यकता पनि महसुस भएको छ । देशले मागेको बेलामा युवाहरुले आफ्नो रगतको वलि चढाई सहिद बन्न पनि पछाड िपरेका छैनन तर पनि राज्यले युवाहरुको त्याग र बलिदानलाई संबोधन गर्न सकेको छैन ।

पछिल्लो समय नेपाली युवामा मदिरा सेवन एउटा भयांकर विकराल डरलाग्दो समस्याको रुपमा जरो गाडेको पाईन्छ । यसबाट पारिवारिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षमा हानी र नकारात्मक असर परिरहेको छ । नेपालमा मदिरा उत्पादन, विक्रि, वितरण तथा उपभोगको विषयमा कानुनी व्यवस्था छ । मदिराको प्रयोगले युवाको स्वास्थ्यमा पारेको असरको बारेमा कुनै पनि नीतिगत एवंम् कानुनी व्यवस्था भएको पाईदैन ।

नेपालमा अझै पनि सवारी दूर्घटनाको मूल कारण मदिरा सेवन पनि हो जसले गर्दा जनधनको क्षती हुनुको साथै युवाको ज्यान पनि जाने गर्दछ । नेपालमा मदिरा सामाजिक संस्कारको रुपमा रहेको छ । यहाँ बसोबास गर्ने अधिकांश जनजाती तथा दलित परिवारमा मदिरालाई देवताको प्रसादका रुपमा लिईन्छ साथै सबै खालको चाडपर्बमा पनि यसको प्रचलन छ ।

समाजमा हुने रितिरिवाज र परम्परामा पनि खुलेआम मदिरा सेवन गर्ने गरिएको पाईन्छ । त्यसको सिधा असर युवामा पर्ने भएता पनि त्यसको उपभोग बारे गलत धारणाको बिकास हुन पुगेको बर्तमान परिस्थिति हो । अर्कोतिर मदिराको व्यापार तथा उद्योग एवं बहुराष्ट्रिय कम्पनीले युवालाई नयाँ मदिरा उपभोगको रुपमा लक्षित र केन्द्रित गरेको छ ।

नेपालको संबिधानले बाँच्न पाउने अधिकार र स्वस्थ रहन पाउने मौलिक अधिकारलाई प्रत्याभूति गरे पनि मदिरा रहित घर र समाज निर्माण हुन नसक्दा चुनौतीपूर्ण भएको छ । नेपालमा सबै भन्दा ठुलो समस्याको रुपमा तेर्सिएको घरेलु मदिराको उत्पादन र अवैध बिक्री पनि हो, जसको नियन्त्रण र नियमनको दायरामा ल्याउन केही पहल भैई रहेको छ ।

तर घरेलु रुपमा उत्पादन गरिने मदिरा सस्तो र स्वास्थ्यका लागि ज्यादै हानिकारक भई मृत्यु समेत भएको अवस्था छ । खाद्यान्न अभाव भएका मुलुकहरु मध्ये नेपाल पनि पर्दछ । बिषेश गरी अन्नहरु घरेलु मदिरा बनाउन प्रयोग गरिने र मदिरा बेचेर चामल किन्ने परम्परा बसिसकेको छ ।

यसले गर्दा मदिराले गरिबीलाई बढवा दिनुका साथै मदिराका कारण नेपालले सह्रशाव्दी लक्ष्य हासिल गर्न नसक्ने स्थितिमा पुगेको छ । खाद्यान्न अभाव, कुपोषण र गरिवी बढाउन समेत मदिरा जिम्मेवार छ । गरीब मजदूरहरुले दैनिक कमाई गर्ने आफ्नो आम्दानीका धेरैे हिस्सा मदिरा सेवनमा गर्ने गरेको पाइन्छ । जसले गरीबीलाई झन बढावा दिईरहेको अवस्था छ ।

मदिराको व्यापार तथा उद्योग एवं बहुराष्ट्रिय कम्पनीले युवालाई नयाँ मदिरा उपभोगको रुपमा लक्षित र केन्द्रित गरेकोछ । नेपालमा बलात्कार र हत्याको घटनाको मूल कारण पनि मदिरा नै रहेको पाईन्छ । देशमा विभिन्न मदिरा नियन्त्रण, नियमन, विक्रि वितरण र उत्पादन सम्वन्धि कानुनको व्यवस्था भएपनि ति कानुनहरुको क्षेत्र विस्तृत नहुनु, ति कानुनमा भएका व्यवस्थाले हाल विद्यमान रहेका समस्याहरुको निकारण गर्न नसक्नुले मदिराजन्य पदार्थको उत्पादन, विक्रि, वितरण, उपभोग र प्रचारका सवै क्षेत्रहरुलाइै समेट्ने गरी एक विस्तृत नीति आवश्यकता महशुष गरिएको हो । मदिराजन्य पदार्थको प्रयोगले युवाको व्यक्तिगत रुपमा शारीरिक, मानसिक, संवेगात्मक सामाजिक, आर्थिक नोक्सानी पुर्याउँद छ भने पारिवारिक, सामाजिक रुपमा विभिन्न समस्याहरु देखा पर्दछन् ।

यसै सन्दर्भमा नेपाल सरकारले मदिराको हानिकारक प्रयोग रोकथाममा राष्ट्रिय मदिरा नियन्त्रण नीति २०७४ तर्जुमा भैई सकेको अबस्थामा यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ । नेपालमा मदिरा उत्पादन, विक्रि, वितरण तथा उपभोगको विषयमा कानुनी व्यवस्था भएता पनि ती कानूनहरुमा मदिराको हानीकारक प्रयोगले युवाको स्वास्थ्यमा पारेको असरको बारेमा कुनै पनि तथ्यांक पाईदैन् ।

अव नेपाल सरकारले मदिरा र यसको हानिकारक प्रयोगले युवा स्वास्थ्यमा परेको असर र युवालाई राष्ट्रको सर्वाङ्गीन विकासमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरि खोज तथा अनुसन्धानका निम्ती आवश्यक बजेट विनियोजन गरि कार्यन्वयन गर्न जरुरी छ । युवाहरुले मदिरामा अत्याधिक खर्च गरिरहेको अवस्था छ भने, यो खर्चलाई रोकथाम गरि रचनात्मक कार्यमा परिचालन गर्न सक्यो भने पनि राष्ट्रको सर्वाङ्गीन विकासमा महत्पूर्ण टेवा पुग्ने छ ।

तसर्थ, राज्यको पूनःसंरचना भैई सकेको अवस्थामा राज्यका तीन तह नै परिचालन हुनु जरुरी छ र सरोकारवाला सम्वन्धीत सवैले राष्ट्रिय मदिरा नियन्त्रण नीति २०७४ कार्यन्वयनमा सहयोग गर्नुपर्दछ । यसो गर्न सकेमा समृद्ध नेपाल, सुखी नेपाली अभियान सार्थक लक्ष्यमा पुग्ने छ ।

 

प्रतिक्रिया दिनुहोस