अमेरिकामा रहेका गिरीको सहयोगम २६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सल्यान, ७ मंसिर ।

अमेरिकामा रहेका सल्यानी युवा तथा समाजसेवी ईश्वरी गिरीको सहयोगमा विद्यार्थीहरुलाई शेैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ। सोमबार शारदा नगरपालिका १४ मालनेटामा रहेको कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो । सल्यान दृष्टिकोणको ‘उज्यालो शिक्षा अभियान’ अन्तर्गत शारदा नगरपालिका १४ मालनेटा निवासी हाल अमेरिकमा रहनुभएका गिरीको सहयोगमा करिब ७० हजार रुपैयाँ बराबरका सामग्री वितरण गरिएको हो।

विद्यालयमा अध्यनरत २६ जना विद्यार्थीलाई विद्यालय पोशाक, कापी, कलम तथा खेलकुद सामग्रीका साथै शिक्षकहरूलाई पोशाक वितरण गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले समाजसेवाको कुनै राजनीतिक दल वा संगठनसँग जोडिएको छुट्टै परिचय नहुने बताउनुभयो। समाजको सेवा गर्नु नै समाजसेवीको वास्तविक परिचय भएको उहाँको भनाइ थियो।

“समाजसेवीको कुनै दल वा संगठनको छुट्टै परिचय हुँदैन। समाजको सेवा गर्छु, विपन्न नागरिकलाई सहयोग गर्छु भन्ने भावना नै समाजसेवाको वास्तविक परिचय हो। ईश्वरी गिरीमा समाजका लागि केही गर्नुपर्छ भन्ने जुन हुटहुटी छ, त्यसले उहाँलाई समाजसेवामा जोडेको छ। यस्तै ईश्वरी गिरीहरूकै कारण समाज टिकेको छ। उहाँको यो सहयोगप्रति धन्यवाद व्यक्त गर्दछु।” उहाँले प्रमुख भण्डारीले सल्यान दृष्टिकोणको उज्यालो शिक्षा अभियान शैक्षिक क्षेत्रका लागि नयाँ आयाम बन्न सक्ने बताउनुभयो।

समाजमा द्वन्द्व र विभाजन सिर्जना गर्ने गतिविधि बढिरहेका बेला यस्ता अभियानले सकारात्मक र फरक सन्देश दिने भन्दै उहाँले निरन्तरता दिन आग्रह गर्नुभयो वडा अध्यक्ष प्रकाश पुनले यस्ता सामाजिक अभियानले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो। विद्यालयका प्रधानाध्यापक तेजबहादुर कँवरले प्राप्त सहयोगले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई राहत पुग्ने र विद्यालय आउन प्रोत्साहन मिल्ने बताउँदै सहयोगी गिरीप्रति आभार व्यक्त गर्नुभयो। “यस्ता सामाजिक अभियानले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पु¥याउँछन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग गर्दा उनीहरूलाई विद्यालयमा नियमित हुन प्रोत्साहन मिल्छ।

यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक छ।” विद्यालयका प्रधानाध्यापक तेजबहादुर कँवरले प्राप्त सहयोगले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई राहत पुग्ने बताउनुभयो। सहयोगले विद्यार्थीलाई विद्यालय आउन थप प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो। “विद्यालयमा अध्ययनरत विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाका लागि यो सहयोग निकै उपयोगी छ। विद्यालय पोशाक र शैक्षिक सामग्रीको अभावमा समस्या भोगिरहेका विद्यार्थीलाई यसले सहज बनाउनेछ। साथै, उनीहरूलाई नियमित विद्यालय आउन पनि प्रोत्साहन मिल्ने विश्वास लिएका छौँ। सहयोगी ईश्वरी गिरीप्रति विद्यालय परिवारका तर्फबाट धन्यवाद व्यक्त गर्दछौँ।”

सल्यान दृष्टिकोणका प्रतिनिधि ज्ञानेन्द्र पुन मगरले संस्थाले एक दशकभन्दा लामो समयदेखि सल्यानलाई चिनाउने अभियानसँगै विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। “सल्यान दृष्टिकोणले एक दशकभन्दा लामो समयदेखि जिल्लाको पहिचान र प्रचारप्रसारसँगै विभिन्न सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ। उज्यालो शिक्षा अभियान पनि त्यही अभियानको निरन्तरता हो। आगामी दिनमा पनि शिक्षा र सामाजिक क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।” नेपाल पत्रकार महासंघका कोषाध्यक्ष खकेन्द्र केसीले यस्ता कार्यक्रमले सामाजिक सद्भाव कायम राख्नुका साथै शैक्षिक उन्नयनमा समेत योगदान पु¥याउने बताउनुभयो।

“समाजमा हुने यस्ता सहयोग र सामाजिक गतिविधिले आपसी सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। विशेषगरी शिक्षा क्षेत्रमा गरिने सहयोगले विपन्न बालबालिकाको शैक्षिक विकासमा टेवा पु¥याउँछ। यस्ता अभियानलाई सबैले प्रोत्साहन गर्नुपर्छ।” प्रकाश गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम कमल गिरीको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार कमल धितालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित