सवारी साधन चेक जाँचमा कडाई

सवारी साधन चेकजाँचमा कडाई
दुर्गा वि.सी./कात्तिक,९
सल्यानको सल्लीवजार नाकाबाट वाहिरीने र भित्रने सवारी साधनहरुलाइ कडाई गरिएको छ । चाडपर्वलाई मध्यनजर गर्दे सुरक्षाको हिसावले सो रुटमा चल्ने सवारी साधानलाई कडाई गरिएको छ ।

पटाका जन्य पदार्थ नभित्रिउन भनेर सवारी साधनको चेकजाचलाई कडाई गरिएको जनाएको छ । त्यसै गरि पछिल्लो समयमा सल्लीवजारको ट्राफिक व्यवस्थापन पनि राम्रो भएको स्थानीयहरुको भनाई छ । कागजात विहीन र ट्राफिक नियम उलंघन गर्ने जो कोहिलाई पनि ट्राफिक नियम अनुसार कारवाहि गरिएको भेटिन्छ ।

सल्लीवजारको फितलो चकजाँचले गर्दा ट्राफिक नियम उलंघन गर्नेहरुकै कारण दुर्घटना वढिरहेको थियो । पछिल्लो समयमा भने प्रहरीको सक्रियतासँगै चेकजाँचका कारण सजगता अपनाएर सवारी साधन चलाएको समेत भेटिन्छ । सामान्य नियम पुरा नभए पनि चालकहरु कारवाहि पर्ने गरेका छन् । २ महिनाको विचमै डेढ सय भन्दा वढि सवारी ट्राफिक नियम उलघंन गरेकोले कारवाहिमा परेको इलाका प्रहरि कार्यालयको तथ्यांकले वताउँछ । शान्ती सुरक्षालाई मध्यनजर गर्दै प्रहरिले सल्लीबजार नाकाबाट वाहिरिने र भित्रने सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । यस अघि यो क्षेत्रमा ट्राफिक नियम उल्लघन गर्नेहरु वढि थिए तर पछिल्लो समयमा  भने विस्तारै कम हुदै गएको जनाएको छ । सल्लीवजार वासिहरु पनि ट्राफिक नियम पालन नगर्ने सवारी चालकहरुले सताउने गरेका थिए तर पछिल्लो समय विस्तारै कम हुदै गएको जनाउँछन् ।

प्रतिक्रिया दिनुहोस