कालिकोटमा सम्पन्न भलिबल प्रतियोगितामा सल्यानको बन्गाड कुपिण्डे विजयी

सल्यान टुडे,
सल्यान १४, कार्तिक ।
कर्णाली प्रदेशमा सञ्चालित गाउपालिका तथा नगरपालिका स्तरीय खुल्ला भलिवल प्रतियोगितामा सल्यान प्रथम भएको छ । कालिकोट जिल्लाको पचाल झरना गाउपालिकाको आयोजनामा सञ्चालित ४ दिने गाउँपालिका तथा नगरपालिका स्तरीय भलिबल प्रतियोगितामा सल्यानको बनगाड कुपिण्डे नगरपालिका प्रथम भएको हो ।


शुभ दिपावलिको अवसरमा सञ्चालित गाउँपालिका तथा नगरपालिका स्तरिय भलिवल प्रतियोगितामा बिजेता बने सँगै बन्गाड कुपिण्डे नगरपालिकाको टिमले कप, मेडल र प्रमाण पत्र सहित २ लाख ४२ हजार रुपैँया पुरस्कार हात पारेको छ । यस नगरपालिकाले भलिवल तर्फको वेष्ट प्लेयरको अवार्ड समेत प्राप्त गरेको छ । जसमा रु.११ हजार रासि टिम क्याप्टेन पदम विएमले जानकारी दिनु भयो ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सल्यान, अछाम, सुर्खेत, दैलेख, जुम्ला, जाजरकोट लगाएतका जिल्लामा पर्ने बिभिन्न गाउँपालिका तथा नगरपालिकाबाट गरे दर्जन बढी टिमले सहभागिता जनाएका थिए । भलिबल प्रतियोगितामा अछाम रामारोशण गाउपालिका द्धितिय भएको थियो ।

प्रतिक्रिया दिनुहोस