शारदा नगरपालिकाद्धारा बिद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

सल्यान टुडे,
सल्यान १९, कार्तिक ।
सल्यानको शारदा नगरपालिकाले छात्राहरुलाई निःशुल्क रुपमा सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा पनि छात्राहरु नियमित बिद्यालय आउने गराउने उदेश्यले नगरपालिकाले बिद्यालयहरुमै पुगेर सेनेटरी प्याड वितरण गरेको हो । नगरभित्रका सबै माध्यामिक बिद्यालयहरुमा सेनेटरी प्याड बितरण गरेको नगरप्रमुख शुरेस अधिकारीले बताउनुभयो ।


महिनावारी भएको समयमा छात्राहरु बिद्यालयमा आउदैनन भन्ने गुनासो आएपछि नगरपालीकाको योजना अनुसार प्याड वितरण गरेको उहाँको भनाई छ । शिबजन माध्यामिक बिद्यालयका ६ सय छात्रा सहित नगर भित्रका ३५ वटा बिद्यालयका करिब १ हजार ८ सय छात्राहरुलाई निःशुल्क रुपमा सेनेटरी प्याड वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

छात्राहरु बिद्यालय आउदा महिनावारी भए भागेर जाने समस्या, लजाउने, बिचैमा कलास छोडेर जाने समस्या खेप्दै आएकाले अब यो समस्या हटने विश्वास लिएको शिबजन माध्यामिक बिद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनुभयो ।

शारदा नगरपालिकाले आफनै बजेट बाट नगरभित्रका सम्पुर्ण ८ कक्षा देखि १२ कक्षा सम्मका बिद्यालयहरुमा अध्ययानरत गर्ने छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस