सल्यान टुडे,
सल्यान २५, कार्तिक ।
राप्रपा सल्यानले बागचौर नगरपालिकामा नगर कार्य समिती गठन गरेको छ । राप्रपाले प्रमोद कुमार डाँगीको अध्यक्षतामा ३१ सदस्यीय कार्यकर्ता जनजागरण तथा बागचौर नगर कार्य समिती गठन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा रेशम खत्री, उपाध्यक्षमा गोपाल डिसी, सचिबमा पवन वली, कोषाध्यक्षमा गोपाल शर्मा, सहसचिबमा सरिता बिक रहनु भएको छ ।
यस्तै सदस्यहरुमा एकराज डिसी, बेलाराम डिसी, राजेन्द्र डिसी लगायत नगर कार्य समिती गठन गरिएको जिल्ला सचिब नारायण शर्माले जानकारी दिनुभयो । कार्यक्रममा राप्रपाका केन्द्री सहमहामन्त्री तथा कर्णाली प्रदेशका ईन्चार्ज राजेन्द्र वीर राय, केन्द्रीय सदस्य अनुवम सिंह श्रेष्ठ, जिल्ला अध्यक्ष नेत्र लाल श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।