दोस्रो अध्यक्ष कप खेल खेलकुद प्रतियोगिता सल्यानको त्रिबेणीमा शुरु

सल्यान टुडे,
सल्यान ४, मंसिर ।
दोस्रो अध्यक्ष कप खेल खेलकुद प्रतियोगिता आज देखी सल्यानको त्रिबेणीमा शुरु भएको छ । त्रिबेणी गाउपालिकाको आयोजनामा वडा नम्बर ३ को रिखेबजारमा शुरु भएको हो । आज देखी शुरु भएको प्रतियोगिता ६ गतेसम्म सञ्चालन हुने छ ।

त्रिबेणीमा कृर्षि, ब्यापार, पर्यटन र पूर्वाधार, गाउपालिका समृद्धिको आधार भन्ने मुल नाराका प्रतियोगिता शुरु भएको हो । जस अन्र्तगत भलिबल, दौड, लगाएतका बिभिन्न प्रतियोगिताहरु सञ्चालन भएका छन् । प्राबि स्तरीय ८ खेल, निमावि स्तरीय ९ खेल र माबि स्तरीय १५ वटा खेल वडास्तरीय भलिवल, सञ्चालन हुने छन् । गाउपालिकाका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका भित्रका २८ वटा बिद्यालयहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले खेल खेल्नु स्वास्थ्यका लागी फाईदा हुने भएकाले अनुशासित भएर खेल खेल्न खेलाडीहरुलाई सुझाव दिनुभयो । उहाँले बिकास भनेको खेलाडी उत्पादन पनि भएकाले खेल क्षेत्रका लागी गाउपालिकाले गरेको लगानीको प्रशंसा गर्नुभयो ।


कार्यक्रममा छत्रेश्वरी गाउपालिका ७ का वडाअध्यक्ष मेघराज खड्का, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा लगाएतकाले बोल्नु भएको थियो । गाउपालिका उपाध्यक्ष करुणा खड्काको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रभात कुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस