कपुरकोट गाउँपालिकामा जेष्ठ नागरिकको घरमै उपचार

सल्यान ४, पौष
कपुरकोट गाउँपालिकाले हरेक चौमासिकमा घरदैलोमै गएर जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार गर्नेगरेको छ । गाउँपालिकाको नीति अनुसार नै ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्बन्धीत वडा तथा घरदैलोमै गएर चेकजाँच र निःशुल्क औषधि वितरणको ब्यवस्था मिलाईएको स्वास्थ्य शाखाका संयोजक अरुण दाहालले जानकारि दिनुभयो । उनले भने, ‘जेष्ठ नागरिकको स्वास्थ्य प्रति गाउँपालिका संवेदनशिल छ, त्यसैले हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता वितरणको मौका छोपेर उहाँहरुको स्वास्थ्य चेकजाँच र औषधोपचारको ब्यवस्था गरिएको छ ।

गाउँपालिकाको यस प्रकारको नीतिले बृद्धबृद्धाहरु निकै खुसि भएको वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुनले बताउनु भयो । बृद्धबृद्धाको उपचारको लागी सम्बन्धीत वडामा रहेका स्वास्थ्य चौकी तथा सामुदायीक स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी ढंगले परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस