सल्यान ९, पौष ।
सल्यानको शारदा नगरपालिकाले आबश्यक प्रक्रिया नपुगे पछि लक्ष्मी माद्यामिक बिद्यालय शारदा नगरपालिका १३ मा बिद्यालय ब्यबस्थापन समिती गठन स्थगित गरिएको जनाएको छ । नगरपालिका अन्र्तगत शिक्षा शाखा प्रमुख लिलाधर बबालले पुस ११ गते बिद्यालय ब्यबस्थापन समिती गठन गर्ने भनेर मिती तोकिएपनि आबश्यक प्रक्रिया नपुगेका कारण स्थगित गरिएको बताउनुभयो ।
उहाँले यस बिषयमा ३६ जना अभिभावकहरुले हस्ताक्षर सहित नगरपालिकामा निवेदन दिएपछि स्थगित गरिएको जानकारी दिनुभयो । बिद्यालय ब्यबस्थापन समिती सबै अभिभावकको सहमतिमा गठन गर्नुपर्छ, दुई पटक सम्म अभिभावक भेला बस्यो, तर सम्पूर्ण अभिभावक उपस्थित नहुदाँ सहमतिमा गठन हुन सकेन् उहाँले भन्नुभयो ।
निर्वाचनमा जानको लागी उम्मेदवारीको दावीबिरोध गर्ने क्रममा आबश्यक छलफल तथा प्रक्रिया नपुगेकाले समस्या भएको बबालको भनाई छ । उहाँले बिद्यालय ब्यबस्थापन समिती गठन गर्दा निर्वाचन गर्ने ब्यबस्था कतैपनि उल्लेख नभएकाले सहमति बाटै गठन गर्ने जानकारी दिनुभयो ।